वातावरण संरक्षणमा विश्वले खेल्नुपर्ने भुमिका

वातावरण संरक्षणमा विश्वले खेल्नुपर्ने भुमिका

नवराज के.सी

वातावरण भनेको पृथ्वीमा रहेका प्राणी जीव र वनस्पति बाँच्नलाई आवश्यक चिज हरु जस्तै हावा, पानी, माटो, घाम, वनस्पति, जंगल आदि हुन् अथवा समग्रमा भन्दा वातावरण भनेको प्रकृति हो जहाँ हामी बाँचिरहेका छौं प्राणी वनस्पति र जीवलाई आफ्नो अस्तित्व बचाउनलाइ यी सबै कुराको आवश्यकता पर्दछ।

हामीलाई श्वास फेर्नका लागि स्वच्छ वायुमण्डलको आवश्यकता पर्दछ। त्यस्तै तिर्खाएको बेला पिउनका लागि स्वच्छ खानेपानीको आवश्यकता पर्दछ। हाम्रा लागि खानेकुरा उमार्न मलिलो माटोको आवश्यकता पर्दछ। घामकोताप न्यानोबिना यस संसारमा मानव वनस्पति र जीवको जीवनको परिकल्पना नै गर्न सकिँदैन। अर्थात हाम्रो वातावरणमा तीमध्ये कुनै पनि चिजको सन्तुलन बिग्रियो भने पृथ्वीमा रहेका सबै प्राणी जीव र वनस्पतिहरूको अस्तित्व संकटमा पर्दछ।

वर्तमान समयमा यही कुराहरुमा समस्या सिर्जना भइरहेको छ अर्थात पृथ्वीको वातावरण क्रमशः बिग्रदै गइरहेको छ प्रकृतिका सबै चिजहरु हाम्रो प्रतिकूलता मा परिवर्तन हुँदै गइरहेको छ। वातावरणको नकारात्मक परिवर्तनले पुरै विश्वलाई नै समस्यामापारेको छ। त्यसैले वातावरण विनाश हुनु कुनै एउटा मात्र देशको समस्या नभएर पुरै विश्वव्यापी समस्या हो। यसमा समस्याको कारण विकासोन्मुख देश अल्पविकसित देशहरू जसको आक्रमण्यता, अब्यबस्थित बिकासको मोडलत हुननै त्यो भन्दा पनि बढी जिम्मेवार विकसित शक्तिशाली राष्ट्रहरू त्यसमा पनि औद्योगिक विकास गर्ने देशहरु नै हुन्।

जसले आफ्नो देशमा रहेका औद्योगिक क्षेत्र बाट वातावरण प्रतिकूल हुनेगरी प्रदूषण गराइरहेका छन्। उक्त प्रदूषणबाट पृथ्वीको वायुमण्डल प्रदूषित त भएकै छ ओजोन तह पनि पातलिँदै गइरहेको छ। जसका कारण सूर्यको विकिरण सिधा पृथ्वीमा आएर हामीलाई असर गरिरहेको छ। पृथ्वी को ताप हरेक वर्ष०.७डिग्रीको तापक्रमले बढिरहेको छ।

हिमालमा समुद्रमा हिउँहरू कम देखिन थालेका छन्। जुनसुकै बेलामा पनि अत्यधिक अनावश्यक वर्षाका कारण बाँडी पहिरो भू-क्षय जस्ता प्रकोपहरु ले मानवलाई धेरै दुःख दिइरहेको छ। अर्को तर्फ बन् विनाशका कारण हरिया जंगलहरू नष्ट हुँदै गइरहेका छन्। पहाडहरू उजाडिएर पानीका स्रोत एबं मुहानहरु सुकिरहेकाछन् यसले गर्दा खानेपानी को चरम अभाव हुन थालेको छ।सहरि क्षत्रहरुमा इन्धनयुक्त अत्यधिक सवारी साधनको प्रयोगले वातावरण अत्यन्तै प्रदूषित बनाइरहेको र जनसङ्ख्याको अत्यधिक चापर अव्यवस्थित बसोबासले त्यहाँका नदी नालाहरु पोखरी तलाउहरू ढलमा परिणत भई अत्यन्तै फोहोर भएका छन्मानवबसोवास का लागि अनुपयुक्त भइरहेका छन् प्रत्येक शहरहरू। प्लास्टिक र प्लास्टिकबाट बनेकाझोला को अत्यधिक प्रयोगका कारण गाउँ, शहर, खोला,र नदी देखी समुद्रसम्म प्रदूषित बनाएको छ। त्यहाँ हुने जीव र वनस्पति प्लास्टिक र फोहोर ढल कारण दिनप्रतिदिन लोप हुँदै गइरहेका छन्।

यस्तै क्रियाकलापहरूको नियति भन्नुपर्छ अहिले सन्सार मा विभिन्न रोगको महामारी हरु व्याप्त भइरहेको छ यसको उदाहरण अहिले संसारलाइ दुःख दिइरहेको कोभिड१९कोरोनाभाइरसपनिहो।यो महामारीको कोसंक्रमणलेवर्तमानमा विश्वलाई नै सताइरहेको छ। धेरै मान्छेहरू महामारीकै कारण अनाहकमा मृत्युवरण गर्न पुगेका छन्। यदि अब पनि नचेत्ने हो भने यस्तै रहिरहने हो भने निकट भविष्यमा संसारका सबै मानिसहरूले अझै भयावह रोग महामारी हरु झेल्नु पर्ने निश्चितछ।

खुला आकाशमा प्रकृतिमा निर्धक्क सँगसाँस फेर्न पनि गाह्रो हुने स्थिति आउने छ।मानिस मानिस बीच शारीरिक दूरी राख्नुपर्ने र निर्धक्कसँग भेटघाट कुराकानी गर्न नसक्ने अवस्था आउनेछ। हामीले कल्पना सम्म नगरेको हो भयावह स्थिति को सामना हामीले गर्नुपर्नेछ। त्यो भयावह स्थिति आउन नदिन त्यस्तो स्थितिमा पुग्नुअगावै किन हामी वातावरण र प्रकृति जोगाउन प्रयत्न नगर्ने।हो पुरै विश्व भरका सबै मानिसहरु प्रकृति र वातावरण संरक्षणको अभियानमा लाग्ने हो भने हाम्रो प्रतिकूल वातावरणलाई पुनः अनुकूल बनाउन पक्कै पनि सकिन्छ।

मानव प्रकृति को उत्कृष्ट सृजना एवं रचना हो। जसमाबुद्धि र बिबेक हुन्छ। जसले चाह्यो भने धेरै कुरा गर्न सक्छ वातावरण र प्रकृतिहरु जोगाउन सक्छ जीव र वनस्पतिको संरक्षण सम्वर्धन गर्न सक्छ। पृथ्वीलाइआफ्नो अनुकुल बनाएर आफु धेरै वर्ष बाँच्न सक्छ र आफ्नोभावी पींडिकालागि स्वच्छ सफा र हराभरा पृथ्वी सुम्पन सक्छ। वातावरण र प्रकृति जोगाउने कला आफ्ना भावी सन्ततीहरुलाई सिकाउन सक्छ। र त्यो कला यस पुस्ताको उच्चतम सुसंस्कृत संस्कार बन्नसक्छ। हाम्रो लागि संसारमा सबभन्दा प्यारो हामीलाई जन्म दिने आमाबाबु र आफ्नो परिवार हो। तर प्रकृति र वातावरण हाम्रो आमा बुवा र परिवार भन्दा पनि ठूलो र महत्वपूर्ण छ किनभने हाम्रा ती सबै प्रियजन लाई बचाउने प्रकृति र वातावरण नै हो।यदि हामी आफ्ना प्रियजन हरुसँग लामो समयसम्म स्वस्थ भएर जीवन बाँच्ने हो भने उनीहरुलाई बचाउने हो भनेपहिला हामी सबै मिलेर वातावरण जोगाउन आवश्यक छ। यसका लागि हामीले बोलेर मात्र हुँदैन हाम्रो प्रयत्न र प्रयास त्यसैअनुरूप हुनुपर्दछ अर्थात हामीले वातावरण मैत्री कार्य गर्नु आवश्यक छ र यो कार्य कुनै एउटा व्यक्ति, देश भन्दा पनि पुरै विश्वभरका मानव हरुलेमिलेर गर्नुपर्दछ। विगतमा वातावरण विगार्न वा बिग्रन का लागि जे जस्तो क्रियाकलाप गर्यो अब त्यो क्रियाकलाप सच्याउन जरुरी छ। अर्थात हाम्रा सवै क्रियाकलापहरु वातावरण मैत्री प्रकृति मैत्री बनाउन जरुरी छ यसकालागि पुरै विश्वभर निम्न कुराहरु गर्न जरुरी छ जस्तो मलाई लाग्दछ।

१) संसारका सबै देशहरूलेपेट्रोल, डिजेल जस्ता इन्धनबाट चल्ने सवारीका साधनहरुलाई क्रमश विस्थापित गर्दै त्यसको सट्टा साइकल, बिधुत वा सोलारबाट चल्ने सवारी साधन को प्रयोगमा जोड दिनुपर्दछ त्यसैअनुरूप पूर्वाधारहरूको विकास गर्दै लैजानुपर्दछ।

२) विकसित ठूला औद्योगिक शक्तिशाली राष्ट्रहरुले वातावरण प्रतिकूल हुनेगरी उत्सर्जन गर्ने औद्योगिक प्रदुषणकार्बनहरुलाई प्रदुषण मापदण्ड अनुरुप गर्न लगाउनुपर्दछ।

३) प्लास्टिक र प्लास्टिकबाट बनेका झोला र त्यसबाट बनेका अन्य वस्तुहरुकोप्रयोगलाई पूरै रोक लगाउनु पर्दछ र यसको विकल्प सोच्नु पर्दछ।

४) मानिसहरूको बस्ती र बसोबास लाई व्यवस्थित गर्नु पर्दछ वैज्ञानिक तरिकाले त्यस ठाउँको वातावरण र त्यसको क्षमताअनुसारको बसोबास प्रबन्ध मिलाउनु पर्दछ।

५) जमिनको सतहबाट जथाभावी तरिकालेट्युवेल, इनार र बोरिङ गरेर पानी निकाल्ने प्रचलनलाई निषेध गरिनु पर्दछ।

६) वातावरण जोगाउन र खानेपानीको स्रोत हरु बढाउनका निमित्त भएका वनजङ्गल हरु जोगाउने र पर्याप्त मात्रामा रूखहरू को वृक्षारोपण गर्नुपर्दछ।

७) कृषकहरुले कृषि उत्पादन गर्दा अनावश्यक रूपमा वातावरण नै दुषित र विषाक्तबनाउने किटनाशक औषधि प्रयोग नगरी प्राङ्गारिक मल हरूको प्रयोग गरेर माटोलाई मलिलो बनाएर कृषि उत्पादनमा जोड दिनुपर्दछ।

८) स्कुल तहबाट नै अनिवार्य भूगोल र वातावरण संरक्षण सम्बन्धी जनचेतना दिने पाठ्यक्रम तयार गरी पठनपाठन गराउनुपर्दछ।

यी माथिका बुँदाहरूमा विश्वका सबै देशहरूले दीर्घकालीन योजना बनाई अविलम्ब कार्यान्वयन गर्न आवश्यक छ।वातावरण स्वच्छ रहेन मानव जीवन सम्भव छ। मानव सभ्यताको उत्तरोत्तर विकास सम्भव छ। यसरी पुरै विश्व वातावरण संरक्षणका लागि जुट्ने हो भने पक्कै पनि यो धर्तीपुन अझै सोच्छ सफा र सुन्दर हुनेछ। हामीले विश्व वातावरण दिवसबर्षमा एकदिन मनाउँदछौं । यो दिवस एक दिन हैन पुरै ३६५ दिननै मनाउन जरुरी देखिएको छ।

विश्वमा भएका हामी सबै मानवको लागि यो एउटा महान अवसर पनि हो वातावरण जोगाउने अभियान मार्फत पुरै विश्वभर रहेका हामी मानवहरु एकत्रित हुने एकदेश देखि अर्को देश बिच भाइचारा सम्बन्ध बढाउने र पुरै विश्व-एकै रेखामा उभिने। अब यस अभियानका लागि जुटौं फेरी धेरै ढिला भएर विश्वले नै पश्चाताप गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न है।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal