पत्रकार महासंघ काभ्रे शाखालाई ईलाईब्रेरि सहितकाे सुचना प्रविधि मैत्री बनाउछाैं : अध्यक्ष तिमल्सिना

पत्रकार महासंघ काभ्रे शाखालाई ईलाईब्रेरि सहितकाे सुचना प्रविधि मैत्री बनाउछाैं : अध्यक्ष तिमल्सिना

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई प्रविधिमैत्री र पुर्वाधारका हिसाबले सुविधा सम्पन्न बनाउने योजना अनुसार काम अगाडि बढेकाे अध्यक्ष माेतीराम तिमल्सिनाले बताएका छन् ।

गुड विल कम्युनिटी फाउण्डेशनको सहयोगमा रोटरी क्लव अफ धुलिखेलको समन्वय, कम्युनिटी सर्भिस सेन्टरको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई सामाग्री हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । संस्थाले पहिलो चरणमा पाँच सेट कम्प्युटर, एक सेट फोटोकपी, स्क्यानर सहित सुविधा भएको प्रिन्टर, एक थान प्रोजेक्टर, सिसिक्यामेरा उपलब्ध गराएकाे छ ।

पत्रकारहरु सबैले उपयोग गर्न सक्ने गरी महासंघको हलमा कम्प्युटरहरुको ब्यवस्थापन गरेकाेे अध्यक्ष तिमल्सिनाले बताए । उपलब्ध सामाग्रीहरुको समुचित प्रयोग र ब्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गुड विल कम्युनिटी फाउण्डेशनका नेपाल–भुटान प्रतिनिधि अशोक श्रेष्ठ, रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिल ब्याञ्जु र कम्युनिटी सर्भिस सेन्टरका म्यानेजर अनुष श्रेष्ठकाे उपस्थित थियाे ।

गुडविल फाउण्डेशनका नेपाल भुटान प्रतिनिधि अशोक श्रेष्ठले विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोग गर्ने क्रममा नेपाल पत्रकार महासंघलाई कम्प्युटर सहितका सामाग्री उपलब्ध गराएको बताए । संस्थाहरुले सामाजिक संघ संस्थासँग समन्वय गर्ने योजना मुताविक नै उक्त सहयोग गरिएको श्रेष्ठले बताए । महासंघसँगै विद्यालय, कारागार तथा अन्य स्थानमा पनि सहयोग गर्ने योजना रहेको उनले बताए ।

रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिल ब्याञ्जुले रोटरी क्लवले सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गर्ने भएकाले सुचना प्रवाह गरी नागरिकहरुको आवाज बुलन्द गर्ने पत्रकार महासंघ र संचारकर्मीहरुको सुविधाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको बताए । कम्युनिटी सर्भिस सेन्टरका म्यानेजर अनुष श्रेष्ठले हस्तान्तरण गरिएका सामाग्रीमा प्राविधिक समस्या भए निशुल्क सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

गत वर्षको असोज १२ गते एक तल्ला भवनको उद्घाटन गरेको नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कार्यालयको अवधीमा दुई पटक साधारण सभा सम्पन्न गरिसकेको छ । सदस्यहरुको हितका लागि कोराना विमा, पत्रकार कल्याण कोष, दुर्घटना विमा, क्षमता अभिबृद्धी तालिम तथा सरोकारवालासँग पटक पटक अन्र्तक्रिया समेत गर्दै आएको महासंघले पुर्वाधार विकासमा पनि विशेष जोड दिएको छ । पक्कि सडक निर्माणको स्टमेट तयार गरी नाली निर्माणको कार्य सम्पन्न गरिसकेको छ भने कम्पाउण्ड वाल, पार्किङ्ग, पार्क, खानेपानी तथा निशुल्क इन्टरनेट, स्वास्थ्य सेवा उपलब्ध गराएको अध्यक्ष तिमल्सिनाले बताए।

यता पत्रकार महासंघकाे आशन्न निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष तिमल्सिना काे काम र संस्था प्रतिकाे लगावलाई लिएर अध्यक्ष पद दाेहाेराउन कृयाशिल पत्रकारहरुले सुझाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal