सरोज चलचित्र क्षेत्रमा व्यस्त बन्दैछन्

सरोज चलचित्र क्षेत्रमा व्यस्त बन्दैछन्

काठमाडौं / झापाको दमकमा जन्मेका सरोज दाहाल नेपाली सिनेमा क्षेत्रका उदाउँदो कलाकार हुन् ।

पिता जित बहादुर दाहाल माता लक्ष्मि दाहालको कोखबाट जन्मिएका उनको सानै बेला देखिको रुचि कलाकारीतामा रह्ये ।

सरोज क्युकोसिङ करांतेका ब्ल्याक बेल्ट हुन् । आर्यन लुक्सका उनी मिजासिला छन् । सरोजको मुख्य भुमिका रहेको नेपाली चलचित्र “मेरो आफ्नो” प्रदर्शनको तयारिमा छ । उनले अभिनय गरेका नेपाली चलचित्र “ब्ल्याक”, वेभ सिरिज “ट्वान्टि वान फस्ट लभ”, र लघु चलचित्र ‘कलंक’ मा पनि काम गरेका छन् ।

धुर्मुस सुन्तलिको साथमा जनचेतामुलक विज्ञापनमा पनि काम गरेका उनले हाल सम्म ९ वटा म्युजिक भिडियोमा काम गरिसकेका छन् । जसमा प्रतापदासको स्वर रहेको “तिम्रो मायाु”, स्वरुव आचार्यको स्वरमा रहेको “नशा आज”, रामकृष्ण ढकालको स्वरमा रहेको राष्ट्रिय गीत “मुटु भरि देश बोकि” लगायत “तिमी आयौ”, “चुलबुले कान्छि”, “जब तिम्रो”, “प्रियसि”, “रातै जवानी” रहेका छन् ।

हाल उनी मौनता श्रेष्ठको लेखन, दिपक अधिकारिको सह निर्देशन तथा राजु अधिकारिको निर्देशनमा बनिरहेको टेलिचलचित्र “डेराको जिन्दगी” र कुमार आचार्यको निर्देशनमा रहेको “सम्बन्ध” मा काम गरिरहेका छन् । केही म्युजिक भिडियो उनको आउने तयारीमा छ भने मौनता श्रेष्ठको लेखनमा बनेको “आंधि तुफान- २” मा पनि मुख्य भुमिकामा छन् । सानै देखि उनी नाच्ने, अभिनय गर्नेमा रुचि राख्दथे । विद्यालयका कार्यक्रममा उनी सहभागीता जनाउंथे । साथीभाइ तथा शिक्षकको हौसलालेनै उनलाई अभिनय क्षेत्रमा केही गर्छु भन्ने लाग्न थाल्यो ।

सिक्नमा निकै जिज्ञासु रहने उनको अभिनय रहेको मेरो आफ्नो प्रतिक्षित फिल्म रहेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal