“म्हेनिङ ल्होछार”मा बुद्धि तामाङ्ग र शिवानी पाख्रिनको जोडी (भिडियो सहित)

“म्हेनिङ ल्होछार”मा बुद्धि तामाङ्ग र शिवानी पाख्रिनको जोडी (भिडियो सहित)

काठमाडौं / गीतकार दुधमान पाख्रीनको “म्हेनिङ ल्होछार”मा बुद्धि तामाङ्ग र शिवानी पाख्रिनको जोडीमा तथा नित्य तथा अभिनयमा “म्हेनिङ ल्होछार”सार्बजनिक भएको छ । नेपाली चलचित्रका सफल कलाकार बुद्धि तामांग र नव मोडल शिवानी पाख्रिन लाई यस गीतमा फिचर्ड गरिएको छ भने साथै सन्दिप स्याङ्तान,क्रिस्ती घिसिंग,तुलसाङ्ग मोक्तान तथा सोनी दोङ्ग र सुजन गोलेले समेत नित्य तथा अभिनय गर्नु भएको छ । राजधानीको सोयम्भुको “तामांग कुदाप ” मा छायांकन गरिएको यस गीत निकै राम्रो बनेको छ।

यस गीतले तामांग कला संकृतिको जगेर्णा गर्न मद्दत पुग्ने कुरामा गीताकार पाख्रिन ढुक्क छन । “मैले थुप्रै गीतहरु लेखेको छु तर यो मेरो पहिलो ब्याबसायिक गीत हो । मैले यो गीत तामाङ्ग कला संस्कृतिको जगेर्णा गर्ने र संस्कृति लाई बिस्व भरी पुराउनको लागी पहिलो कोसिस गरेको हु” गीताकार पाख्रीन ।

फुल कुमार बम्जनको संगीत रहेको यस गीतामा फुल कुमार बम्जन र सुमिना लो को आवाज रहेको छ । सार्वजनिक यस गीतालाईइ दिनेश पाखृनले निर्देशन एवम कोरियोग्राफ गर्नुभएको छ भने यस गीतामा गीताकार पाख्रिनको छोरी शिवानी पाख्रिनले पहिलो पटक अभिन्य गर्नु भएको छ । मेरो यो गीत बाट मैले राम्रै तारिफ पाउने छु उनले भन्नु भयो । यो गीतको सार्वजनिक पछी थप अन्य गीत पनि चाडै नै दर्शक श्रोता माझ पुराउने तयारीमा रहेको बताउनु भयो गीतकार पाख्रिनले ।
भिडियाे हेर्नुस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal