मौनता श्रेष्ठकाे लेखन रहेको वेब सिरिज ‘डेराको जिन्दगी’ मा राजु अधिकारीकाे निर्देशन

मौनता श्रेष्ठकाे लेखन रहेको वेब सिरिज ‘डेराको जिन्दगी’ मा राजु अधिकारीकाे निर्देशन

काठमाडौं / देशका बिभिन्न स्थानबाट आइ काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना,संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथालगायतका बिषय उठान गरिएको कथा बोकेको वेब सिरिजको छायांकन थालिएको छ ।

मन्सा मन्शी क्रियशनको ब्यानरमा निर्माण भएकाे वेब सिरिजकाे कथा मौनता श्रेष्ठले लेखेका हुन् भने फिल्मलाइ निर्देशक राजु अधिकारीले निर्देशन गरेका छन्।

सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, राजाराम गौतम,
शेखर खनाल, सुयोग्य श्रेष्ठ, निक शर्मा, रिया श्रेष्ठ, संजिता भण्डारी, सान अधिकारी, सोनी बिक, सूर्यकला दाहाल, गोकुल सुवेदी, सपना श्रेष्ठ, बिन्दिया शाही, शिवन लामा, सरोज दाहाल, बालकलाकार अरुण कालीराजको अभिनय देख्न पाइने छ।

सरला अधिकारी (भण्डारी) निर्माता रहेको वेब सिरिज “डेरा जिन्दगी” ५२ भागसम्म निर्माण गरिने छ । सिरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह हुन्। काठमाडौ उपत्यकाभित्रै खिचिने उक्त वेब सिरिजमा आशुतोष अधिकारी एसोसिएट डिरेक्टर रहेको छ।

जयराम थापाको छायांकन रहेको वेब सिरिजलाइ मन्दिल श्रेष्ठकोले सम्पादन गर्ने भएका छन केही समयमै मन्सा मन्शी क्रियशनको युट्युवमार्फत दर्शकमाझ ल्याइने सो वेब सिरिजमा मुख्य सहायक निर्देशक दीपक अधिकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal