कम्युनिस्ट पार्टिकाे आन्तरिक झगडाले जनताले दु:ख पाए : पुर्व अर्थमन्त्री महत

कम्युनिस्ट पार्टिकाे आन्तरिक झगडाले जनताले दु:ख पाए : पुर्व अर्थमन्त्री महत

काभ्रेपलान्चोक / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व अर्थ मन्त्री डा. रामशरण महतले कम्युनिस्ट पार्टिकाे आन्तरिक झगडाले नेपाली जनताले दु: ख पाएकाे बताएका छन्।

नेपाली कांग्रेस काभ्रेपलान्चोककाे आयाेजनामा धुलिखेलमा भएकाे कार्यक्रममा सम्बाेधन गर्दै नेता महतले जनताले बहुमत दिएर पठाएकाे कम्युनिस्ट पार्टिकाे आन्तरिक कलहका कारण देशकाे समृद्धि ओरालाे लागेकाे बताए ।

नेता महतले प्रधानमन्त्री संग विकल्प हुदांहुदै मध्यावधि चुनाव घाेषणा गर्ने कदम गलत भएकाे बताउदै ससंदकाे विश्वासकाे मत प्राप्त गर्ने प्रयत्न गर्ने आंट प्रमले नगर्नु दुखद भएकाे बताए । उनले कम्युनिस्टलाई मत दिएकाेमा मतदाता दु:खि भएकाे भन्दै देेेेशमा सामाजिक, आर्थिक संकट बढेकाे बताए । उनले विकास र समृद्दि तिर लाग्नु पर्ने समयमा प्रधानमन्त्रीकाे असंवैधानिक कदम चाल्नु दुखद कदम भन्दै देश वासि तथा मतदातालाई सजग रहन आग्रह गरे । निर्वाचन धान्ने आर्थिक स्थिति देश संग नभएकाे भन्दै उनले प्रम निर्वाचन तिर नभई काेराेना खाेपकाे व्यवस्था गर्न तिर लाग्नु पर्नेमा शुख सयलमा लागेकाेे बताए । काम चलाउ सरकारले विभन्न पदमा सरकारि नियुक्ति गर्नु गलत भएकाे जनाए । अर्काे प्रशंगमा नेता महतले कम्युनिस्ट सरकारमा आंउदा विकृति बढेकाे र संसारबाट कम्युनिस्ट दर्शन विदा हुन लागेकाे र कम्युनिस्ट सरकार भनेर चिनिने चिनले पनि आर्थिक नीति पुजिवादि अर्थतन्त्रलाई अपनाएकाे बताए । निर्वाचन कांग्रेसलाई फाईदा हाे तर पार्टीको स्वार्थ भन्दा ठुलाे सम्बिधान प्रतिकाे बफादारिता कांग्रेसकाे मुल मर्म हाे । लाेकतन्त्रमा विस्वाश गर्नेले प्रम ओलिकाे काे कदमकाे विराेध मा उत्रने नेता महतकाे भनाई थियाे ।

कार्यक्रमलाई पुर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, संविधान सभा सदस्य तिर्थ लामा, नेविसंघ महामन्त्री दिपक भट्टराईले सम्बााेधन गरेका थिए ।

प्रधानमन्त्री केपि शर्मा ओलिकाे सरकारले गरेकाे प्रतिनिधिसभा विघटनकाे असंवैधानिक र अलाेकतान्त्रिक कदमकाे विरुद्द केन्द्रिय निर्देशन तथा कार्यतालिका अनुरुप विराेध प्रदर्शन कार्यक्रम आयाेजना गरिएकाे नेपाली कांग्रेस काभ्रेका सभापति मधु प्रसाद आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal