किन ढुंगानाले गरे राजिनामा फिर्ता ?

किन ढुंगानाले गरे राजिनामा फिर्ता ?

काठमाडौं / राष्ट्रिय संगितकर्मि संघ का वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले आफ्नो पद बाट राजिनामा दिएकाे ४ दिन पछि राजिनामा फिर्ता लिएका छन्।

घरायसि कारण देखाउंदै राजिनामा दिएपनि केही दिन अघि बसेकाे राष्ट्रिय संगितकर्मि संघकाे बैठकमा भएकाे निर्णय प्रति अशन्तुष्टि जनाउदै उनले राजिनामा दिएकाे विषेश स्राेतले बताएकाे छ । अहिले राजिनामा फिर्ता लिनुकाे कारण पनि उक्त बैठकमा भएकाे निर्णयकाे कमजाेरिलाई सच्चाएर अघि बढ्न अध्यक्ष लगाएत पदाधिकारि सहमत भएपछि फिर्ता लिएकाे स्राेतले बतायाे । राजिनामा फिर्ता लिनुमा पुर्व अध्यक्षहरुकाे पनि महत्त्वपूर्ण भुमिका रहेकाे बुझिन आएकाे छ ।

संस्थापक सह- सचिवकाे रुपमा २०६२ साल देखि अनवरत कृयाशिल रहंदै आएका ढुंगाना आगामि चैत्र २८ र २९ गते काठमाडौंमा हुने केन्द्रिय महादिवेशनकाे अध्यक्षका दाबेदार हुन् ।

संस्थाका देशभर ६० भन्दा बढि जिल्लामा शाखा विस्तार रहेकाे छ । हाल जिल्ला तथा प्रदेषका अधिवेशन धमाधम भैरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष पद सम्हालेर बसेका ढुंगाना गत महाधिवेशनमानै अध्यक्ष पदका प्रबल दाबेदार थिए । संस्था लाई सहमति र सहकार्य गरि विवाद रहित अगाडि बढाउन भनि ढुंगानाले वर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्कीलाई आफु अध्यक्ष पद छोडेर समर्थन गरेका थिए।

ढुंगानाले राजिनामा फिर्ता लिईसकेपछि तत्काल समस्या समाधान भएपनि ढुंगानाकाे सक्रियता बिना आगामि दिन वर्तमान अध्यक्षलाई महाधिवेशन सफल पार्न सहज नभएकाे जानकारहरु बताऊछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal