कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव गरिएको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

तर प्रस्तावमा सहमति भने भइनसकेको बताइएकाे छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेर बिहीबारसम्ममा टुंग्याउने कांग्रेसकाे तयारी छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal