यमनको ‘आँखी जुदेन’ बजारमा

यमनको ‘आँखी जुदेन’ बजारमा

काठमाडौं / माझी किङको रुपमा परिचित गायक एंव संगीतकार यमन माझी र सरिता माझीको आवाजमा ‘आँखी जुदेन’ बजारमा आएको छ ।
म्युजिक भिडिओ यमन माझीको अफिसियल युटुब च्यानलमार्फत रिलिज गरिएको हो ।

गीतमा यमन माझी कै शब्द, संगीत रहेको छ भने गीतलाई लक्षु प्रकाश मल्लले संगीत संयोजन, मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

म्युजिक भिडिओमा शशीकला माझी र सन्तोष माझी, विक्रम माझी, असुन माझी, अनुप माझी, इश्वर श्रेष्ठ, कविता माझी, सर्मिला माझी, देवेन्द्र माझी, राज माझी, रञ्जना माझी, अस्मिता माझी, सुस्मिता माझी, राजकुमार माझी, सपना माझी, निशा माझीलगायतको अभिनय रहेको छ ।

भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् भने दीपक अधिकारीले कोरियोग्राफी उनै माझी किङको रुपमा परिचित गायक एंव संगीतकार यमन माझीले निर्देशन गरेका हुन ।

भिडियाे हेर्नुहोस।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal