हेल्प नेपाल बाल गृहलाई, धुलिखेल जुनियर जेसीजकाे सहयाेग

हेल्प नेपाल बाल गृहलाई, धुलिखेल जुनियर जेसीजकाे सहयाेग

काभ्रेपलान्चोक / धुलिखेल जूनियर जेसीजले हेल्प नेपाल बाल गृहमा रहेका विद्यार्थी हरुलाई स्टेशनरी तथा तयारी खानेकुरा सहयाेग गरेकाे छ ।

धुलिखेलमा रहेकाे उक्त बाल गृहलाई सर-समान, फलफूल, चाउचाऊ र बिस्कुट हेल्पलाइनका संरक्षकद्वय पुर्णबहादुर कार्की र पुन्यवति घले ज्यू लाई हस्तारण गरीएकाे धुलिखेल जूनियर जेसीजका अध्यक्ष मनिष काेजुले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा धुलिखेल उद्याेग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार काेजुकाे उपस्थित रहेकाे थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal