विउँतियो संसद्,१३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश : सवौच्चको फैसला

विउँतियो संसद्,१३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश : सवौच्चको फैसला

काठमाडौं / सर्वोच्च अदालतले संघीय संसद्को प्रतिनिधिसभा विउँताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय अदालतले मंगलबार बदर गरिदिएको फैसला सुनाएको हो ।

अदालतले प्रधानमन्त्रीको कदम नेपालको संविधान र संसदीय व्यवस्थाको अभ्यासविपरीत भनेको छ । साथै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै अदालतमा परेको रिटमाथि संवैधानिक इजलासले फैसला सुनाएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal