पनौती र बेथानचोकका ५ सय विद्यार्थीलाई ब्याग र ट्रयाकसुट

पनौती र बेथानचोकका ५ सय विद्यार्थीलाई ब्याग र ट्रयाकसुट

काभ्रेपलान्चोक / पनौती नगरपालिका विहाबर र बेथानचोक गाउँपालिकाको तिप्चोकका विद्यालयमा ब्याग र ट्रयाकसुट बितरण गरिएको छ ।

पनौती २ विहाबर आधारभुत विद्यालय र लालिगुराँस प्राथमिक विद्यालय तथा बेथानचोक ४ तिप्चोकका भुमिमाता माध्यमिक विद्यालय र कालिदेवी माध्यमिक विद्यालयका ४ सय ५० विद्यार्थीलाई ब्याग र ट्रयाकसुट बितरण गरिएको हो । चार विद्यालयका २ सय ५० विद्यार्थीलाई व्याग तथा २ सय ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको थियो ।

बितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति मधु आचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर सुसिला मल्ल, पूर्व डिस्ट्रिक गर्भनर शम्भु घिमिरे, हरिशंकर निरौला, मधुकर उपाध्याय, डिस्ट्रिक सचिव उत्तम झा, कोषाध्यक्ष कमल कायस्थ, एरिया चिफ चन्द्र ढकाल, राजन थापा तथा रिजनल कोअर्डिनेटर भरत प्रसाई तथा मोहन अर्याल, लायन्सहरु विमला ज्ञवाली, रामशरण थापा, प्रमिला गोयल, नेपाली काँग्रेसका कार्यालय सचिव विनोद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal