काभ्रे उद्योग बाणिज्य संघमा बसन्त र राजेन्द्र प्यानलको उम्मेदवारी घोषणा

काभ्रे उद्योग बाणिज्य संघमा बसन्त र राजेन्द्र प्यानलको उम्मेदवारी घोषणा

काभ्रे उद्योग बाणिज्य संघमा बसन्त र राजेन्द्र प्यानलको उम्मेदवारी घोषणा

काभ्रेपलान्चोक / काभ्रे उद्योग बाणिज्य संघ काभ्रेको फागुन २२ गते हुने ४१ औं अधिबेशनमा दुई प्यानल बनाएर उम्मेदवारी घोषणा भएको छ । फागुन १९ गते अध्यक्ष पदमा बसन्त नारायण भोछिभोया र राजेन्द्र पसछेंको प्यानल चुनावी मैदानमा उत्रिन उम्मेदवारी दिएका छन् ।बसन्त नारायण भोछिभोयाको टिममा अध्यक्षमा भोछिभोया, बरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य, उपाध्यक्षमा ग्राेवेन तौजले,

कैलाश पलाञ्चोके, उपाध्यक्षमा उम्मेदवारी दिएका स्वयम्भु शाक्य भने पसछें टिमका उम्मेदवार हुन् । त्यस्तै महासचिवमा विकास तिमल्सिना र रविन्द्र बैद्धारले उम्मेदवारी दिएका छन् । तिमल्सिना भोछिभोया टिमबाट उम्मेदवार हुन भने बैद्धार पसंछें टिमका उम्मेदवार हुन । त्यस्तै कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र रजित पलाञ्चोकेको उम्मेदवारी परेको छ । श्रेष्ठ भोछिभोया टिमका हुन भने पलान्चोके पसछें टिमका हुन ।

उम्मेदवारी दिएका मध्ये भोछिभोया टिमबाट बरिष्ठ उपाध्यक्ष प्रताप वैद्य, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ, सचिव एस कुमार रञ्जित निर्विरोध निर्वाचित भइसकेका छन् । सहसचिवमा हरिकुमार कर्माचार्य र विज्ञान धौगोडाको उम्मेदवारी परेको छ । कर्माचार्य भोछिभोया टिमका हुन भने धौगोडा पसक्षें टिमका हुन । सहकोषाध्यक्षमा भिमप्रसाद ढकाल र सुविन्द्र राजभण्डारीको उम्मेदवारी परेको छ । ढकाल भोछिभोया टिमको हुन भने राजभण्डारी पसछें टिमका हुन । सह–मुख्य संयोजकमा बोधनाथ बजगाई, रुसन श्रेष्ठ र आत्माराम थापाको उम्मेदवारी परेको छ । उम्मेदवारी परेका मध्ये थापाले बसन्त भाेछिभाेया समुहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरिसकेका छन् । उम्मेदवारी पर्ने मध्ये बजगाई भोछिभोया टिमको हुन भने श्रेष्ठ पसछें टिमका हुन ।

खुल्ला सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ । जसमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ, मणिकुमार तुम्रुक, अमरनाथ बादे, भिमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ, उमेशरत्न शाक्य, दिपेन्द्र वैद्धार, दमनकुमार श्रेष्ठ, शम्भुप्रसाद पौडेल, रोहित कुमार श्रेष्ठ, श्यामकुुमार भालु भोछिभोयाको टिममा खुल्ला सदस्य उम्मेदवार छन् । भाेछिभाेया टिम बाट १२ जनाकाे उम्मेदवारी रहेकाेमा समुहलाई बलियाे बनाउन २ जनाले फिर्ता लिाएका छन् । रवि तौजले, पुरुषोतम मानन्धर पसछें टिमका उम्मेदवार हुन् ।

महिला सदस्यमा दुई जनानै निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा भोछिभोया टिमका इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा वैद्य छन् । त्यस्तै क्षेत्रगत तर्फ सदस्यमा पनि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचितहरुमा सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकास कुमार श्रेष्ठ भोछिभोया टिमका हुन भने श्रीकृष्ण थापा पसछें टिमबाट निर्विरोध भएका हुन् ।

त्यस्तै एसोसिएट तर्फ साजन शाक्य निर्विरोध निर्वाचित भएका छन् । शाक्य भोछिभोया टिमका हुन् ।

दुबै समूहको उम्मेदवारी घोषणा
आसन्न निर्वाचनको पूर्व सन्ध्यामा दुबै प्यानलले उम्मेदावरी घोषणा गरे । भोछिभोया टिमको बनेपा पार्टी भेन्यूमा उम्मेदवारी घोषणा भयो भने पसछें टिमको नमोबुद्ध पार्टी प्यालेसमा उम्मेदवारी घोषणा भयो ।

बनेपा पार्टी भेन्यूमा आयोजना भएको उम्मेदवारी घोषणा सभामा अध्यक्षमा उम्मेदवार बसन्तनारायण भोछिभोया, बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, उपाध्यक्षका उम्मेदवार ग्राेवेन तौजले र कैलाश पलाञ्चोके, महासचिवका उम्मेदवार विकास तिमल्सिना, कोषाध्यक्षका उम्मेदवार कृष्णलाल श्रेष्ठ, सहकोषाध्यक्षको उम्मेदवार भिमप्रसाद ढकाल, सहसचिवको उम्मेदवार हरि कर्माचार्यले काभ्रे उद्योग बाणिज्य संघमा किन उम्मेदवारी भन्ने विषयमा प्रष्ट्याएका थिए ।

त्यस्तै नमोबुद्ध पार्टी प्यालेसमा भएको उम्मेदवारी घोषणा सभामा अध्यक्षका उम्मेदवार राजेन्द्र पसछें, उपाध्यक्षका उम्मेदवार स्वयम्भु शाक्य, महासचिवको उम्मेदवार रविन्द्र बैद्धार, कोषध्यक्षको उम्मेदवार रजित पलाञ्चोके लगायतले उम्मेदवारी बारे मन्तब्य राखेका थिए ।

निर्विरोध निर्वाचित भएका संख्या भोछिभोया टिमको बढि देखिएकोले भोछिभोया टिम बलियो रहेको उद्योगी व्यवसायीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal