विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

काभ्रेपलान्चोक / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ ।

शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।

रिहाइ लगत्तै पत्रकारसँग कुरा गर्दै नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal