आज महाशिवरात्री पर्व धुमधामका साथ मनाइँदै

आज महाशिवरात्री पर्व धुमधामका साथ मनाइँदै

आज महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरलाई मानिदै आएको छ । यो मन्दिरमा बिशेष गरेर बालाचर्तुदशी र शिवरात्रिमा मेला लाग्ने गर्छ । आजको दिन छिमेकि देश भारत लगायत अन्य ठाउँबाट समेत पशुपतिनाथमन्दिरमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । भारत देखि साधु सन्तहरु एक हप्ता अघि देखि आउने गर्दछन् ।शिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा विभिन्न सामाजिक संघ सस्थाबाट निशुल्क भोजन र औषधि उपचारको समेत व्यवस्था गरिएको छ ।भक्तजनको लागि यो सुविधा हरेक वर्ष उपलव्ध हुँदै आएको छ । यसदिन विशेष गरेर मनकारी व्यक्ति तथा संघ सस्थाहरुले आफू सक्दो सेवा र सहयोग गर्ने गर्दछन् । आजको दिन पसुपति नाथ मन्दिरमा असख्य भक्तजनको भिड लागेको दृश्य देखिन्छ । हिन्दुधर्मालम्बीको लागि आजको दिन विशेष महत्वको दिन हो । यसले आम जनमानसमा भगवान् शिवप्रतिको आस्था प्रकट गर्छ । यसबाहेक घरघरमा रहेर शिवको उपासना गर्नेहरू पनि असंख्य हुन्छन्। हरेक उमेर समूहका व्यक्तिमा शिवभक्ति उत्तिकै देखिनुले हिन्दु सनातन परम्पराप्रति हाम्रो आस्था झनै बढेर गएको छ । शिवभक्ति र शिवरात्रिको नाममा धर्म प्रति विकृति निम्ताउन दिनु हँुदैन । किनभने अहिले शिवरात्रिलाई ‘नांगा बाबा’ हरूको दर्शन गर्दै ‘शिवबुटी’ का नाममा लागुपदार्थको निर्बाध प्रयोग गर्नेहँुदा यसलाई नेपाल सरकार र सरोकार वाला निकायले निग्रानीका रुपमा हेर्नु पर्छ । धर्म प्रतिको आस्थाले मानिसलाई अनुशासनका साथै आत्म सन्तुष्टि दिने गर्छ । हाम्रै समाजमा पनि भौतिक सुखसुविधाले पूर्ण भएकाहरू मानिसहरु पनि मानसिक दुःखका कारण रोगी बनिरहेको देखिन्छ ।
धर्मको वास्तविक अर्थ नबुझ्नेहरु जुनबेला पनि अरुको कुभलो चिताउन छाड्दैनन् । मानव सेवा नै धर्म हो भन्ने कुरा त्यस्ता कुभलो चिताउने मनले सोच्दैनन् । त्यस्ता व्यक्तिहरु समाजमा केही मात्रमा भेटिन्छन् । आफ्नो भलाइका लागि मात्र नभएर अर्काको कुभलोको चिताउँदै मन्दिरमा जाने र भगवान्लाई भाकल गर्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आज पशुपतिनाथ मन्दिरमा निकै घुइँचो लाग्ने
हुँदा त्यसको फाइदा उठाएर केही गलत प्रवृति भएका व्यक्तिहरुले जुत्ता–चप्पलदेखि गर–गहना चोर्नेहरू पनि हुन्छन् ।यसमा तपाई हामी सबै सचेत बन्नु पर्ने देखिन्छ ।
त्यसैले पर्व र परम्पराका नाममा हुने विकृतिलाई अन्त्य गर्दै ती पर्व एवम् धर्मको सही अर्थबोध गर्नुपर्ने आवश्यकता देखिएको छ । शिवले विष, भाङ, धतुरो आदि सेवन गर्दछन् भन्नुको अर्थ जीवन–जगत्मा राम्रा–नराम्रा सबै पक्ष हुन्छन् र ती सबैको आआफ्नै महत्व पनि हुन्छ। सही प्रयोगद्वारा विष पनि औषधि बन्न सक्छ।

समाज परिवर्तनका लागि जाति र वर्गको अन्त्य हुनुपर्ने मान्यता शिवले सतीसँग विवाह गरेर सुरुवात गरेका हुन्। दक्ष प्रजापतिजस्ता राजाकी छोरी सतीदेवीसँग विवाह गर्न शिव सन्न्यासी रूपमा जानुको कारण यही थियो। सोही कारण देवी सतीले पनि शिवलाई सहर्ष स्वीकार गरेको पाइन्छ । समाजमा पूजिपति वर्गले विपन्न वर्गप्रति राख्ने नकारात्मक धारणा र उनीहरूलाई दिइने दुःख पिडाका कारण जीवनको वास्तविक यथार्थलाई सतीदेवीमाथि उनका माइतीद्वारा गरिएको अपमान तथा त्यसलाई सहन गर्न नसकी उनले गरेको आत्मदाहको घटनाले यथार्थ चित्रण गरेको छ। शिव र सतीको कथा दाम्पत्य प्रेमको अमर गाथा हो । अन्त्यमा शिवरात्रीको महिमा पौराणिक कालदेखि आजसम्म रहँदै आएको छ । आजको दिन अविवाहित महिला शिव जस्तै पति पाउने विश्वास र विवाहित महिला आफ्ना पतिको दिर्घायुको कामना गर्दै वर्त बस्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal