पाँचखाल जेसिजलाई देशकै नमुना च्याप्टर बनाउनेछाैं -: अध्यक्ष दिलिप

पाँचखाल जेसिजलाई देशकै नमुना च्याप्टर बनाउनेछाैं -: अध्यक्ष दिलिप

काभ्रेपलान्चोक / पाँचखाल जेसिका संस्थापक अध्यक्ष दिलिप आचार्यले अबकाे ३ वर्ष भित्रमा देशकै नमुना च्याप्टरकाे रुपमा पांचखाल च्यापटरलाई बनाउने बताएका छन् ।

नेपाल जेसिजकाे निरूपित राष्ट्रिय उपाध्यक्ष गाैतम शाह शाखा भ्रमणकाे शिलशिलामा पांचखाल आईपुगेका थिए । उक्त अवसरमा शाहले शाखा अध्यक्ष आचार्यले नेपाल जेसिजकाे संचालन गरेका विभिन्न कार्यमा खेलेकाे सकारात्मक भुमिकाकाे खुलेर प्रशंसा गरेका छन् । उनले नेपाल जेसिज आचार्य जस्ता उर्जाशिल नेतृत्वकाे पर्खाइमा रहेकाे बताएका छन् ।

पांचखाल जेसिजले विभिन्न सामाजिक तथा नेतृत्व विकास निर्माण कार्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेकाे छ । कार्यक्रममा पाँचखाल नगर उप प्रमुख लक्ष्मी दनुवारले पांचखाल जेसिजले गर्ने सामाजिक कार्यमा साथ दिने बताएकी छन् ।

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, जेसिस कार्यकारि उपाध्यक्ष सुनिल लुईटेल, महासचिव राजाराम पाैडेल, काेषाध्यक्ष्य मनाेज थापा कानुनि सल्लाहकार यादव सापकाेटा, उपाध्यक्ष सरिता अधिकारी, उपाध्यक्ष साेबिता दाहाल, पाँचखाल जेसिजका जनसम्पर्क संयाेजक पवन गाैतम, शाखा सम्पादक रामहरि सापकाेटा,जेसिज अभियानका विनय सापकोटा , मन्दिरा लुईटेल, विमला तिमल्सिना लगायतकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal