आमाको सम्झनामा अन्जु पन्तको नयाँ मार्मिक गीत बजारमा

आमाको सम्झनामा अन्जु पन्तको नयाँ मार्मिक गीत बजारमा

काठमाडौं / प्रमोद पन्तको सङ्गीत र डा. सदानन्द कडेलद्वारा लिखित चर्चित गायिका अन्जु पन्तको आवाज रहेको “निस्वार्थी माया आमाको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको सो भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ।

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो।

भिडियोको छायांकन चित्लाङ्गको रमणीय दृष्यमा गरिएको हो । आमाले आफ्ना सन्तानको निम्ति कति त्याग, बलिदान र दुःख खप्न सक्छिन् , भन्ने बिषयबस्तुलाई भिडियोमा देखाउन खोजेको जानकारी निर्देशक संजिब पौडेल दिए । भिडियोमा सबैले उत्कृष्ट काम गरेको उनको भनाइ छ ।

भिडियाे यहाँ हेर्नुहाेस

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal