काङ्ग्रेसले राख्याे बैकल्पिक सरकार गठनको प्रस्ताव

काङ्ग्रेसले राख्याे बैकल्पिक सरकार गठनको प्रस्ताव

काठमाडौं / नेपाली काङ्ग्रेसले बोलाएको नेकपा माओवादी केन्द्र र जसपा सहितको त्रिदलीय बैठक सम्पन्न भएको छ ।

आजको बैठकमा नेपाली काङ्ग्रेसले औपचारिक रुपमा बैकल्पिक सरकार गठनको प्रस्ताव राखेको थियो । लोकतन्त्र समाप्त गर्न कोसिस गर्ने र संसद विघटन गर्ने जस्तो असंवैधानिक र प्रतिगमनकारी कदम चाल्ने केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसरी पनि हटाउनुपर्ने कुरा बैठकमा उठेको थियो ।

उक्त बैठकमा जसपा नेपालका केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुरले बर्र्तमान सरकारसंग आफ्ना मुद्दा र मागबारे कुरा भइरहेको जानकारी गराएका थिए तर नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले जसपाका माग र मुद्दाप्रति आफूहरु सकारात्मक रहेको र बैकल्पिक सरकार गठन गरेरै ती सबै काम गर्ने हो त्यसका लागि केपी ओली नेतृत्वको सरकार जसरी पनि ढाल्ने हो भनेपछि महन्थ ठाकुर केही नबोलेको बताइएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने कुरा आत्मघाती हुने बताउँदै आजको बैठकले बैकल्पिक सरकार गठनको बाटो खोलेको सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र पुर्णबहादुर खड्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देब गुरुङ तथा जसपाबाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोककुमार राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागि थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal