ओली सरकारको पतन सुरु : कांग्रेस नेता शिंह

ओली सरकारको पतन सुरु : कांग्रेस नेता शिंह

स्याङ्जा/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताउनु भएको छ ।

नेपाली कांग्रेस जिल्ला पार्टि कार्यालय स्याङ्जामा शनिवार आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताउनु भएको छ । अब नेपाल काे राजनीति फरक धार बाट बग्छ भन्ने स्पष्ट संकेत रहेकाे समेत बताउनु भएकाेछ ।

अहिले बहुमत पाए भन्दैमा ओलीले जथावावी गर्न पाउदैन भन्दै नेता सिंहले ‘ओली सरकारको पतन सुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको बताउनु भयाे । अब यो सरकारको आयु धेरै छैन । कांग्रेस कमजोर हुदाँ लोकतन्त्र कमजोर भएको भन्दै संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागी परेको उहाँको आरोप छ । असंवैधानिक निर्णय लिएकाे सरकारले गर्ने चुनाव काे बैधानिक ता समेत नहुने भन्दै ओलिले सत्ताकाे आडमा फिजायका जालाे चिरेर निस्पकक्ष निर्वाचन काे वातावरण काे सुनिश्चितता गर्न पर्ने समेत बताउनु भएकाेछ ।

साथै नेता सिंह १४ औं महाधीबेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनु भयो । लोकतन्त्र जोगाउनको लागी कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ । अहि पाटि पदाधिकारी हरुलेनै पाटि निर्णय काे बचाउ गर्न नसकेकाे केन्द्रीय समिति काे निर्णय बाहिर गयर अभिब्यकित दिदै हिडेकाले कांग्रेस का बारेमा अनावश्यक टिक्का टिपणि हुने गरेकाे प्रति चिन्ता ब्यकत गर्नु भयकाेछ । देश र जनताका लागी कांग्रेसको आगामी महाधीबेशनमा सहि नेतृत्व चयन गर्नु पर्ने समेत उहाँको भनाई छ ।

नेता सिंहले पार्टि बिधि प्रक्रिया बाट न सञ्चालन हुन नसकेको बताउनु भएको छ । कसैलाई माया गरेर पार्टीका महत्वपुर्ण पद दिदाँ कांग्रेस कमजोर भएको उहाँको दाबी । कांग्रेसका भविष्य कार्यकर्ताका हातमा रहेको भन्दै १४ औँ महाधीबेशनमा क्षमतावान नेतृत्व चयन गर्न कार्यकर्तालाई अनुरोध समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal