जनता सहभागि कार्यमा नगरपालिकाकाे साथ र सहयाेग रहन्छ – नगर प्रमुख भिम न्याैपाने

जनता सहभागि कार्यमा नगरपालिकाकाे साथ र सहयाेग रहन्छ – नगर प्रमुख भिम न्याैपाने

पनाैति / पनाैति नगरका नगरप्रमुख भिम नयाैपानेले जनताले गरेका हरेक सामाजिक कार्यमा नगरपालिकाकाे साथ रहने बताएका छन् ।

पनाैति नगरपालिका वार्ड नं ६ स्थित दलिन्चाेक गाेरखनाथ मन्दिर प्राङ्गणमा निर्माणाधिन धार्मिक धराेहर गणाेशकाे मुर्ति निर्माण स्थल तथा पार्क अवलाेकन गर्न नगर प्रमुख पुगेका छन् ।

नगर प्रमुख न्याैपानेले जनता सहभागि भएर चन्दा संकलन गरि निर्माण गरिएकाे निर्माण कार्यकाे अबलाेकन गरि निर्माण समितिले गरेका कार्य प्रशंसिय रहेकाे र पनाैति नगरकाे अर्काे एउटा सम्पदा थपिन गएकाे हुदा अहाेरात्र खट्टिनु हुने समितिका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यबाद दिदै यस्ताकार्यहरु निरन्तरता दिनु भई समग्र नगरलाई बिकासकाे कार्यमा सहयाेग गर्न अाग्रह समेत गरि निर्माण सम्पन्नकाे शुभकामना दिएका छन् ।

एतिहासिक गाेरखनाथ मन्दिर प्राङ्गणमा गत बर्ष श्रीमद्भागवत ज्ञान महायज्ञ लगाई संकलित चन्दा रकमबाट सुरु गरियकाे पन्चधातुबाट निर्मित ९ फिट अग्लाे गणेशमुर्ति सहित पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ।

नगर प्रमुख न्याैपानेले गणेश मुर्ति निर्माण समितिले पनाैति नगरपालिकाकाे अर्काे एक नया सम्पदा थपगरि माहायज्ञ लागाई सुरु गरिएकाे याे निर्माण कार्यले धार्मिक तथा पर्यटन प्रबर्द्धनका लागि समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । निर्माण समितिकाे उदेश्य र जनताले समितिलाई देखाउनु भएकाे भावना, सहयाेग र बिश्वास प्रति मुक्तकण्ठले प्रशंसा गर्दै ब्यक्तिगत तथा नगरपालिकाकाे तर्फबाट हुने सहयाेगमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । निर्माण समितिसंग र नगरपालिका भित्र उदारणिय कार्य देखाउन सफल रहेकाेमा निर्माण समितिका अध्यक्ष इ.राम कुमार बस्नेत लगाएत समितिका पदाधिकारीकारिहरुलाई हार्दिक धन्यबाद दिनु भयाे।

उक्त अवसरमा निर्माण कार्यमा सहयाेग गर्ने चन्दादातालाई खादा अाेडाई सम्मान गरिएकाे छ । साथमा संविधान सभाका सदस्य रामहरि सुवेदिले कस्तुरिमृग अाफुरहेर पनि बास्ना हरायकाे हाेकि भन्दै धार्मिक निर्माण कार्य सम्पन्न गर्न खाेज्नु भएकाे समितिलाई हार्दिक धन्यबाद व्यक्त गरे । पनाैति चाैकि प्रमुख सन्ताेष बानियाले जनता सहकार्य भएर निर्माण भएकाे कार्यकाे सुरक्षादिनु हाम्रो कर्तव्य हाे र सहयाेगकाेलागि सि.सि क्यामरा जडान गरिदिनुहुन निर्माण समितिलाई अाग्रह गर्नु भयाे।

उक्त अबलाेकन कार्यक्रममा काेषाध्यक्ष कुमार बाेगटिले नगर प्रमुख समक्ष अार्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे भने सचिब हरिशरण कार्किले नियमित बैठकले गरेका निर्णय र कार्य याेजना प्रस्तुगर्नु भएकाे थियाे। उक्त कार्यक्रममा अनुगमन संयाेजक हरिकृष्ण बस्नेत र माेहन कुमार बस्नेतले नगर प्रमुखलाई स्वागत गरेका थिय भने निर्माण समितिका अध्यक्ष इ.राम कुमार बस्नेतले कार्यविधि याेजना माग र नगरपालिकाबाट भएकाे सहयाेगकाे लागि धन्यबाद ज्ञापन दिदै हालसम्म भएकाे कार्यकाे बिबरण अाम्दानि खर्चकाे आर्थिक प्रतिवेदन नगरप्रमुख भिम न्यौपनेलाई दिनुभएकाे थियाे। केही दिन अघि नेपालिसेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपालसरकार भुमिसुधार तथा गरिबिनिवारण मन्त्रालयका उप-सचिब राम कुमार सापकाेटा ले उक्त तिर्थ स्थल अवलनेकन गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal