नेविसंघ काभ्रेद्वारा बृद्धा आश्रममा खाद्य सामग्री सहयोग

नेविसंघ काभ्रेद्वारा बृद्धा आश्रममा खाद्य सामग्री सहयोग

काभ्रेपलान्चोक/ नेपाल बिद्यार्थी संघ काभ्रेले नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

काभ्रेको बनेपामा रहेको बनेपा बृद्धा आश्रममा रहेका बृद्धबृद्धालाई खाद्य सामग्री, स्यानिटाईजर, माक्स लगायतका सामग्री नेविसंघले वितरण गरेको हो । नेबिसंघको स्थापना दिवसको अवसर पारेर उक्त सामग्री वितरण गरिएको नेविसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र न २ का सभापति कञ्चनचन्द्र बादे, नेपाल बिद्यार्थी संघका पूर्व सहमहामन्त्री माधव ढकाल, जिल्ला अध्यक्ष बादे लगायत वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal