हरिमाया फाउन्डेसनद्वारा बेथानचाेक नारायणमा सरसफाइ

हरिमाया फाउन्डेसनद्वारा बेथानचाेक नारायणमा सरसफाइ

काभ्रेपलान्चोक/ बेथानचोक गाउँपालिका वडा न ३ मा रहेको पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थल मन्दिर वरपर सरसफाइ गरिएको छ । मन्दिर वरपर फोहोरले दुर्गन्धित भएपछि हरिमाइ फाउण्डेशन र भिजन एडभेन्चर नेपाल लगायतले शनिवार सरसफाइ गरेका छन । हरिमाइ फाउण्डेशन अध्यक्ष प्रकाश तिमल्सिनाको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको थियो ।

सरसफाइ अभियानमा नेपाल प्रहरीको केन्द्रीय कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक अर्जुन तिमल्सिना, नेपाल टेलिकम मोवाइल सर्भिस निर्देशनालयका व्यापार अधिकृत मोहनकुमार सत्याल, पर्यटन व्यवसायी राजेन्द्र तिमल्सिना, प्रदिप सापकोटा, राम जम्मकटेल र नारायण भण्डारी लगायत ५० जनाको सहभागिता रहेको थियो ।

सफाइ अभियानमा पेय पदार्थका बोतलहरु र अन्य प्लाष्टिक जन्य सामानहरु करीब एक सय १० किलोग्राम जम्मा गरि व्यवस्थापन गरिएको फाउण्डेसनका अध्यक्ष तिमल्सिनाले जानकारी दिए । त्यस्तै भिजन एडभेन्चर नेपालका सरसफाइ अभियानमा ३५ जनाको सहभागिता रहेको थियो ।

बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको नारायणस्थान डाँडा जिल्ला कै सबैभन्दा अग्लो भूगोल रहेको छ । त्यहाँबाट देखिने दृश्य र सूर्योदयको दृश्यावलोकन गर्नेको भिड बढेसँगै फोहोर बढ्न थालेको छ । समुन्द्री सतहबाट तीन हजार १८ मिटरको अग्लो स्थानमा रहेको सो ठाउँबाट बिहानीको सूर्योदय हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal