पत्रकार महासंघ काभ्रेको भावि रणनिति बन्दै

पत्रकार महासंघ काभ्रेको भावि रणनिति बन्दै

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखाले भावि रणनिति तयार पार्ने भएकाे छ ।

पत्रकार महासंघ काभ्रे शाखालाई व्यवस्थित र याेजनाबद्द ढंगले अगाडि बढाउन याेजना र रणनितिका साथ अगाडि बढ्न लागिएको नवनिर्वाचित अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले जानकारि दिए । आगामी तीन बर्षको कार्ययोजना बनाउन उपाध्यक्ष विनोद कुमार न्यौपानेको संयोजकत्वमा सदस्यहरु अशोक महत र सुरज श्रेष्ठ सदस्य रहेको समितिलाई जिम्मेवारि दिएकाे छ ।

त्यस्तै कार्यालय व्यवस्थापनको लागि सचिव कपिल कोईरालाको संयोजकत्वमा सहसचिव द्धय सरोज अधिकारी, जगतमान बल तथा कोषाध्यक्ष केदार तिमल्सिना सदस्य रहेको समिति बनाइएको छ ।

आगामी बैशाख २० गते अन्तराष्ट्रिय प्रेस स्वतान्त्रता दिवसको अवसर पारेर समयको अनुकुलता अनुसार रचनात्मक कार्यक्रम गर्ने याेजना रहेकाे अध्यक्ष तिमल्सिनाले जानकारि दिए ।

पहिलाे बैठकले नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियाे । बैठकले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो पुर्ण बैठक काभ्रेमा गर्न केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal