प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री बितरण

प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री बितरण

काभ्रेपलान्चोक / नेपाल पत्रकार महासंघ काभ्रे शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा महासंघको भवनमा मास्क, स्यानिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायतका१ लाख ५० हजार बराबरकाे सामाग्री बितरण गरेको हो ।

बितरण कार्यक्रममा बनेपा हेल्थ केयरका सञ्चालक जितेन्द्र थापा र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चका अध्यक्ष सचित खड्काले महासंघका अध्यक्ष बद्रिराज तिमल्सिनालाई सामाग्री हस्तान्तरण गरेका थिए भने महासंघका अध्यक्ष तिमल्सिनाले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेका थिए ।

हेल्थ केयर र प्रशारक मञ्चले उपलब्ध गराएको उक्त सामाग्रीहरु जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाईन एवं जिल्लामा क्रियाशिल सञ्चारकर्र्मीहरुलाई संस्थागत एवं व्यक्तिगत रुपमा उपलब्ध गराइएको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले संसारभर मनाईने प्रेस स्वतन्त्रता दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नमिलेपनि कोभिडको महामारीका बेला पत्रकार साथीहरुलाई सुरक्षित तरिकाले फिल्डमा आवत जावत तथा समाचार संकलन कार्यमा लाग्न हौसल्ला स्वरुप स्वास्थ्य सामाग्री बितरण गरिएको बताए ।

त्यस्तै बनेपा हेल्थ केयरका सञ्चालक थापाले बिगत देखिनै महासंघसँग सहकार्य गरेको र स्वास्थ्यका क्षेत्रमा विशेष सहयोग गर्दै आएको बताउँदै कोरोना महामारीको अवस्थामा मैदानमा खटिने सञ्चारकर्मी शाथीहरुलाई पूर्व सावधानी अपनाउन मायाको चिनो स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal