कांग्रेस नेता तथा पुर्व राज्य मन्त्री बादेकाे गाडि एम्बुलेन्स बन्याे

कांग्रेस नेता तथा पुर्व राज्य मन्त्री बादेकाे गाडि एम्बुलेन्स बन्याे

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेका प्रखर नेता, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापती तथा पुर्ब राज्यमन्त्री कन्चनचन्द्र बादेले काेभिड माहामारिको अवस्थालाई गम्भीर ध्यानकर्षण गर्दै आफुले चढेकाे व्यक्तिगत गाडिलाई एम्बुलेन्सकाे रुपमा प्रयाेग गर्न उपलब्ध गराएका छन् ।

काभ्रे अटो मेकनिकल्स व्यबसायी सँगको सहकार्यमा आफुले चढ्ने बा ८ च ३८१ नंम्बरकाे गाडीलाई एम्बुलेन्सकाे रुपमा प्रयाेगमा लेराईएकाे नेविसंघ अध्यक्ष नृपेश बादेले जानकारि दिए ।

आफू सांसद हुंनु भन्दा अगाडि भाेट माग्न जनताकाे घर दैलाेमा पुग्न जुन गाडि प्रयाेगमा ल्याईएकाे हाे याे विषम परिस्थितिमा तिनै जनताकाे सेवाकाे लागि उक्त गाडि एम्बुलेन्स बनाउन पुर्व मन्त्रि वादेकाे ईच्छा भएपछि साेहि अनुरुप गाडिलाई एम्बुलेन्सकाे रुपमा परिवर्तन गरिएकाे नेता बादेले जानकारि दिए ।

एम्बुलेन्सले जिल्लाभरि सेवा प्रदान गर्ने जानकारि दिईएकाे छ । कांग्रेस नेता वादेकाे याे कामलाई सर्वत्र स्वागत गरिएकाे छ ।

कोभिडको कारण समस्यामा परेका र भोलीका दिनहरुमा आउन सक्ने चुनौतीहरु कसरी सामना गर्न सकिन्छ, सुरक्षित कसरी रहने बिविध बिषयमा पूर्ब उधोग राज्य मन्त्री बादेको अगुवाईमा डाक्टरहरु, बिभिन्न अस्पतालका ब्यवस्थापकहरु, उधोगी ब्यवशायी तथा पत्रकारहरुसंग छलफल समेत गरेका छन् । परिस्थिति अनुसार आवश्यक सहयाेग गर्न नेता बादे तयारिका साथ देखिएका छन् ।

काभ्रे कांग्रेसका नेताहरुमा नेता बादे र पांचखालका मेयर महेश खरेल काेभिडकाे महामारिमा सहयाेग गर्नेमा अगाडि देखिएका छन् । पांचखालका मेयर खरेलले पनि नगरपालिकाकाे सबै गाडि सुबिधा र आफ्नाे व्यक्तिगत गाडि पनि आपतकालिन अवस्थाकाे लागि प्रयाेग गर्ने घाेषणा अनरुप कार्यान्वयनमा आईसकेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal