काभ्रेका अटो व्यावसायिबाट संकलित अक्सिजन सिलिन्डर जिप्रकाकाे समन्वयमा वितरण हुने

काभ्रेका अटो व्यावसायिबाट संकलित अक्सिजन सिलिन्डर जिप्रकाकाे समन्वयमा वितरण हुने

काभ्रेपलान्चोक / जिल्लामा कोरोना संक्रमितको संख्या बढेसंगै बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिन काभ्रे अटो मेकानिक ब्यवसायी संघले अक्सिजनको ब्यवस्थापनमा सहयोग गरेकाे छ।

अक्सिजनको अभावमा कोहि कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ मुख्य गरी होम आइसोलेसनमा रहेका आर्थिक रुपले समस्यामा परेका कोरोनाका बिरामीहरुलाई लक्षित गरी अभियान सुरु गरिएको सहजकर्ता नृपेश बादेले जानकारी दिए।

यसैगरी अस्पताल, आईसोलेसन केन्द्र तथा अशक्त तथा अक्सिजन आवश्यक पर्ने विरामीहरुका लागि अक्सिजनको अभाव हुन नदिने गरी तयारी थालीएको छ। बनेपाका अटो वर्कशप, ग्यारेज र कवाडिहरुमा रहेका खाली सिलिन्डरहरुको तथ्यांक पनि निकाली सकिएको र ती सिलिन्डरहरु पछि फिर्ता गरिदिने सर्तमा अक्सिजन भर्ने कार्य सुरु गरिएको छ।

ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा ४० वटा खाली अक्सिजन सिलिन्डर जम्मा गरिएको र पनौती ढलमलेमा रहेको अक्सिजन प्लान्टमा भर्न दिईएको सहजकर्ता बादेले जानकारी दिए। सिलिन्डर संकलन गर्ने कार्य भोलिका दिनमा पनि जारि रहने उनले बताए।

अक्सिजन सिलिन्डर संकलन गर्न बनेपाका अटो वर्कशप, ग्यारेज र कवाडिहरुमा खटिने सहकर्मी साथीहरुका लागि पिपीई सेट, स्यानीटाईजर र मास्क बनेपा हेल्थ केयरले निशुल्क उपलब्ध गराएकाे छ। बनेपाबाट सुरु भएको यो अभियान जिल्लाका सबै शहर बजारमा पुगेर अक्सिजन सिलिन्डर संकलन गरेर अक्सिजन भर्ने र बिरामीहरुलाई उपलब्ध गराईने काभ्रे अटो मेकानिक ब्यवसायी संघले जनाएको छ।

जिल्ला प्रशासनकाे समन्वयमा अक्सिजन सिलिन्डर संकलन तथा वितरणलाई प्रभावकारि बनाउन सहयाेग गर्ने युवा नेता, नेविसंघका अध्यक्ष यश अभियानका सहजकर्ता नृपेश बादेले जानकारि दिए । प्रभावकारि वितरणमा काभ्रेलाई प्राथमिकतामा राखेर काम गर्न सिडियाे संग छलफल भएकाे नेता बादेले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal