मन्डन देउपुर नगरले स्वाब संकलन गर्न सिफारिस नदिदां जनता मारमा

मन्डन देउपुर नगरले स्वाब संकलन गर्न सिफारिस नदिदां जनता मारमा

काभ्रेपलान्चोक / कोरोना प्रभाबित मण्डनदेउपुर बासी सबैको निशुल्क स्वयब सङकलन सिबिर कुन्तामा चलाउनेगरी हुन लागेकाे कार्यमा नगरपालिकाले सिफारिसमा राेक लगाएकाे छ ।

सामाजिक अभियन्ता कश्यप प्रसाद पाैड्यालले २५ गतेबाट पहल सुरु गरेका थिए । उनले सुरक्षित तवरले निशुल्क नमुना सङकलन र रिपोर्ट बितरणकाे व्यवस्था मिलाएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका काेभिड फाेकल पर्सन डा.नरेन्द्र झा र प्रादेशिक ल्याबका नारायण कार्कीकाे पुर्ण सहयाेग र अनुमति प्राप्त हुदां पनि अन्तिममा नगरले सामान्य सिफारिस नदिएका कारण उनकाे प्रयास विफल भएकाे छ ।

निशुल्क सिबिर चलाउन संचालनकाे लागि उनलाई समाजसेवा समूहले सहयाेग गर्ने गरि तयारि गरिएकाे थियाे ।

नगरले गर्न नसकेकाे काम सामाजिक तबरबाट हुन लाग्दा पनि नगरले सिफारिस पत्र नदिएर जनताकाे स्वास्थ माथि खेलबाड गरेकाे प्रति सर्वत आलाेचना भएकाे छ ।

विषम परिस्थितिमा नगरवासिलाई सेवा पुर्याउने उदेश्यले निकै प्रयास गरेर सबै व्यवस्था गर्दा पनि शिबिर सन्चालनका लागि अनुमति नपाएपछि सामाजिक अभियन्ता कश्यप पाैड्यालले सामाजिक संजाल मार्फत नगरवासिसंग माफि मागेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal