ओमानका लागि नेपालि राजदूतको पहलमा नेपालमा अक्सिजन सिलिन्डर ल्याईदै

ओमानका लागि नेपालि राजदूतको पहलमा नेपालमा अक्सिजन सिलिन्डर ल्याईदै

काठमाडौं / ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको पहलमा नेपालमा अक्सिजन सिलिन्डर ल्याउने प्रकृया सुरु भएकाे छ ।

पहिलाे चरणमा जम्मा पारिएका ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल पठाइदै छ। सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ।

ओमानमा रहेको गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० वटा अक्सिजन सिलिण्डर जम्मा गरि शनिबार नेपाल पठाउन लागेकाे राजदुत ढकालले जानकारि दिईन ।

थप सिलिन्डर पठाउने पनि तयारि भैरहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal