आशा र पदम को स्वरमा “सम्झनालाई झुम्के रुमाल” (भिडियो सहित)

आशा र पदम को स्वरमा “सम्झनालाई झुम्के रुमाल” (भिडियो सहित)

काठमाडौं / “सम्झनालाई झुम्के रुमाल” बोलको गीत सार्बजनिक भएको छ । प्रस्तुत गीतमा आशा लामा “ज्ञानमाला” र पदम दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको लय नबराज घोरासैनीको रहेको छ भने शब्द भिमसेन खतिवडा, पदम दुलाल र रुद्र के.सी को रहेको छ । गीतको मिठासता जस्तै भिडियोलाई पनि निकै आकर्षक बनाएर सार्बजनिक गरिएको छ । भिडियोमा निर्मल क्षेत्री र सपना खड्काको अभिनय देख्न सकिन्छ । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय सदस्य तथा स्टेज कार्यक्रमहरुमा ख्याती कमाएकी चर्चित लोकदोहोरी गायिका आशा लामा “ज्ञानमाला” बिगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा क्रियासिल रहँदै आएकी छिन् । उनले अहिलेसम्म सयौं गीत संगीतमा काम गरिसकेकी छिन् । आशाले काम गरेकी बिभिन्न लोक तथा दोहोरी गीत आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको रोजाईमा परिरहेको छ । उनले लोक तथा दोहोरी गीत मात्र होइन केहि आधुनिक गीतहरुमा पनि स्वर दिएकि छन् ।

राज केसीद्वारा निर्देशित भिडियोलाई छायांकन रामकुमार केसी, बिभिषण महर्जन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने यस गीतको म्युजिक भिडियोलाई सन्तोष राजबाहकको कोरियोग्राफीले थप आकर्षक प्रदान गरेको छ । नबराज घोरासैनी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal