नृपेश वादे र उनका साथिहरु : दु:खकाे सारथी

नृपेश वादे र उनका साथिहरु : दु:खकाे सारथी

काभ्रेपलान्चोक / काेराेना भाईरसकाे संक्रमणले महामारी रुप लिएसंगै बनेपा नगरबासीकाे समस्यामा सहयाेग गर्न कुनै न कुनै रुपमा आफ्नाे उपस्थिति जनाउने दु: खकाे सारथी बनेका छन् नृपेश वादे र उनका साथिहरु ।

नपालि कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष रहेका नृपेश वादेले सामाजिक काममा भने राजनितीलाई प्राथमिकतामा राख्दैन्न । स्थानिय तहले जिम्मेवारी पुर्वक गर्नुपर्ने काम पनि वादे र उनका साथिहरु स्थानिय तहमा निर्वाचित पदाधिकारिले गर्लाकि भनेर कुरेर बस्दैन् गरिहाल्छन ।

म हैन हामी भन्ने धारणा राख्ने वादे सामुहिक रुपमा मिलेर जुन सुकै काम गरेपनि सफल हुनेमा विश्वास राख्छन । काेराेनाकाे पहिलाे संक्रमणका चरणमा आप्ठेराेमा परेकालाई निशुल्क खाना खुवाउने, खाध्यान्न वितरण, शैक्षिक शुल्क न्युनिरण तथा छुटका लागि दबाब, निशुल्क मास्क, सेनिटाईजर, स्वास्थ सामाग्री वितरण सम्मका काम गरेका थिए । दाेस्राे चरणमा माहामारिले व्यापकता लिएपछि उनी र उनका साथिहरु थप सशक्त रुपमा सहयाेगी बनेर प्रश्तुत भएका छन् ।

काेराेना संक्रमित भएर अस्पताल तथा घरमा रहेका बिरामिलाई अक्सिजन अभाव भएपछि नृपेश वादेकाे संयाेजकत्वमा काभ्रे अटो मेकानिक व्यवसायि संघकाे सहयाेग तथा ईलाका प्रहरी कार्यलय बनेपाकाे सहकार्यमा अटाे व्यावसायि, कवाड तथा ग्यारेजमा रहेका अक्सिजन शिलिन्डर संकलन अभियान संचालन गरे । ६० वटा भन्दा बढि सिलिन्डर संकलन गरे । जिल्ला प्रशासन कार्यालयले एक द्वार प्रणाली मार्फत वितरण गर्ने भने पछि प्रशासनलाई नै हस्तान्तरण गरे ।

पुर्व राज्यमन्त्री कञ्चन वादेकाे व्यक्तिगत सवारी साधनलाई एम्बुलेन्स बनाएर निशुल्क संचालन कार्यमा पहलकदमि भुमिका निर्वाह गरे ।

वादे र उनका साथिहरु मिलेर निशुल्क आैषधि घरघर पुर्याेउने सेवा दिई रहेका छन् । सामाजिक संञजालमा प्रष्टै भनेका छन सेवा दिएकाे कुरा सामाजिक संजालमा राखिने छैन भनेर । उनकाे नेतृत्वमा उज्वल प्रधान, युगेश्वर कायष्थ, यश कुमार रन्जित र साथिहरुले प्रत्यक्ष सहयाेग गरिरहेका छन् ।

आैषधि संगै अहिले निषुल्क विध्युतिय अक्सिजन मेसिन वितरण गरिरहेका छन् । आवश्यता अनुसार ३ देखि ५ दिन सम्म उक्त मेसिनकाे प्रयाेगकाे लागि उपलब्ध गराउंदै आएका छन् ।

यस संगै रक्तदान, सचेतिकरण, खाध्यान्न वितरण, लत्ता कपडा वितरण, निशुल्क मास्क, सेनिटाईजर र स्वास्थ सामाग्री वितरणलाई पनि निरन्तरता दिईरहेका छन ।

महामारिमा पनि जाेखिम माेलेर दु: खकाे सारथिका रुपमा नृपेश र उनका साथिहरु प्रस्तुत हुनुले सामाजिक उत्तरदायित्व निर्वाह त पक्कै गरेका छन् साथमा सामाजिक रुपमा प्रशंसाका पात्र बनेका छन् । बनेपा नगरवासिकाे मन जित्न सफल भएका छन् । उनि र उनका सहयाेगी समुहलाई स्वदेश तथा विदेशबाट सहयाेग आउने क्रम जारी छ । प्राप्त भएका सहयाेगलाई सार्वजनिक गरि आर्थिक पारदर्शिता समेत प्रस्तुत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal