पाँचखाल नगरले ४० हजार डोज भ्याक्सिन किन्ने, स्वीकृतको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र

पाँचखाल नगरले ४० हजार डोज भ्याक्सिन किन्ने, स्वीकृतको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र

काभ्रेपलान्चोक / पाँचखाल नगरपालिकाले कोभिड–१९ (कोरोना) को भ्याक्सिन किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृत माग गरेको छ । नगरपालिकाले आफ्नै खर्चमा किन्न लागेको भ्याक्सिनको प्रति डोज कति पर्ने हो त्यो मुल्य पनि खुलाईदिन अनुरोध गरेको छ । सरकारले नै कोरोना भाईरस विरूद्धको भ्याक्सिन ल्याउन नसकिरहेका बेला संभवत नेपालमै स्थानीय तहले खोप किन्ने स्वीकृत माग गरेको यो पहिलो हो ।

पछिल्लो समयमा पाँचखालमा कोरो संक्रमितको संख्या बढ्दै गएको र ष्सको रोकथामको लागि खोप नै भरपर्दो भएको हुनाले आफ्नो नागरिकलाई कोरोना भाईरसबाट सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलले जानकारी दिए । ‘पाँचखालका जनताहरुको जिउ, ज्यान र स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले आफ्नै श्रोत र साधनबाट कोरोना विरुद्धको भ्याक्सिन खरिद गर्न लागेका हौं ।’–नगरप्रमुख खरेलले भने । भ्याक्सिनको लागि विभिन्न देशका साथीहरुसँग कुरा भईरहेको जानकारी दिदैं नगरप्रमुख खरेलले मन्त्रालयले अनुमति दिए जेठ महिनाभित्र खोप पाँचखाल आईपुग्ने जानकारी दिए ।

नगरपालिका १८ बर्ष माथिका २० हजार जनालाई आफ्नै स्रोतबाट खोप लगाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । धेरै जसो बृद्ध बृद्धा, सरकार कर्मचारी, स्वास्थ्यकर्मी र बैंकका कर्मचारीले भ्याक्सिन लगाईसक्नु भएको छ, त्यसैलाई आधार मान्ने हो भने १८ देखि २० हजार पाँचखालका दाजुभाई, दिदीबहिनीलाई खोप लगाउनुपर्ने हुन्छ, पहिलो र दोस्रो डोजका लागि ४० हजार खोप ल्याउने निर्णय गरेका हौँ, नगरप्रमुख खरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal