काेराेना उपचारका लागि प्रारम्भकाे सहयाेग

काेराेना उपचारका लागि प्रारम्भकाे सहयाेग

काभ्रेपलान्चोक / कोभिड १९ बिरुद्दको अभियान निरन्तर सहयाेग उपलब्ध गराउंदै आएकाे प्रारम्भ सामाजिक संस्थाले धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकालाई सहयाेग उपलब्ध गराएकाे छ ।

दुबै नगरपालिकालाई २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पीपीई र ५/५ थान अक्सीमीटर उपलब्ध गराएकाे हाे । धुलिखेल नगर प्रमुख अशोक ब्यान्जु, उपप्रमुख बिमला शर्मा एवं पाँचखाल नगर प्रमुख महेश खरेललाइ प्रारम्भ अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रि, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सीना प्रारम्भ का सदस्य सुनैना क्षेत्री, माधव क्षेत्रीले उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal