प्रारम्भ र आनि छोइङ डोल्मा फाउन्डेसन द्वारा स्वास्थ्य सामग्री सहयोग

प्रारम्भ र आनि छोइङ डोल्मा फाउन्डेसन द्वारा स्वास्थ्य सामग्री सहयोग

बनेपा/ प्रारम्भ र आनि छोइङ डोल्मा फाउन्डेसनको सहयोग तथा नेपाल पत्रकार महासङघ काभ्रे शाखाको समन्वयमा पनौती र बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

उपलब्ध गराईएकाे सामाग्रीमा अक्सिजन कन्सनट्रेटर दुई÷दुई थान, पिपिई २०÷२० थान सेट, पल्स अक्सिमिटर पाँच /पाँच थान रहेका छन्।

प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवम् सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्री र आनि छोईङ डोल्माले पनौती नगरपालिकामा वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी र बनेपामा प्रमुख प्रशासकीय प्रमुख कविराज उप्रेतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, लगाएको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा डोल्माले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा पनौती र बनेपामा स्वास्थ्य सामग्री दिएको बताउदै विपत्तिको समयमा स्थानीय तहलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताईन । कोरोनाको महामारीको समयमा नगरलाई अतिआवश्यक स्वास्थ्य सामग्री दिएकोमा दुबै नगरपालिकाले धन्यवाद दिएका थिए ।

यसअघि धुलिखेल र पाँचखाल नगरपालिकालाई प्रारम्भ सामाजिक संस्थाले अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० थान सेट, पल्स अक्सिमिटर पाँच ÷पाँच थान हस्तान्तरण गरेको थियो । प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष एवम सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्रीले धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जु र पाँचखाल नगरप्रमुख महेश खरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिईन। हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, नेपाल महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal