गण्डकी प्रदेशको सरकार ढल्नुमा कांग्रेस नेता गणेश लामाको मुख्य भुमिका

गण्डकी प्रदेशको सरकार ढल्नुमा कांग्रेस नेता गणेश लामाको मुख्य भुमिका

काठमाडौं/ गण्डकी प्रदेशको सरकार ढल्नुमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गणेश लामाको मुख्य भुमिका रहेको बुझिन आएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज संसदमा विश्वासको मत लिने भन्ने भएपछी कांग्रेस केन्द्रीय नेतृत्वलेनै नेता लामाको सहयोग मागेकाले उनि केही दीन अघी पोखरा गएको स्रोतले बतायो। लामाले पोखरामा सहकर्मी साथी तथा नेता दिपक मनाङ्गेलाई आजको संसदमा सहभागी नहुन भनेपछि सहमतिमा मनाङ्गेले सहर्ष स्विकार गरेको बताईएको छ । नेता लामाले मनाङ्गेलाई पार्टीको नेतृत्व तह संगै कुरा गराएर प्रदेश संसद जानबाट रोक्न सफल भएको बताईएको छ।

सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका नेता लामालाई लेकसाईडको होटलबाट सोधपुछका लागि भन्दै प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ।

उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागी ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित रहेका छन् ।

पार्टी भित्रको अन्तर्घातको कारण काभ्रेपलान्चोक जिल्लाको प्रतीनिधीसभा १ को प्रदेश ‘ख’ बाट सांसदमा उठेर हराईएका नेता लामा झुझारु नेताका रुपमा चिनिन्छन । गण्डकी प्रदेश सरकारको विपक्षमा दिपक मनाङ्गेलाई उभ्याउन सफल भएसंगै कांग्रेस नेतृत्वले नेता लामाले खेलेको भुमिकालाई खुलेर मुक्तकण्ठले प्रशंसा गरेको छ । अबको गण्डकी प्रदेश सरकारमा नेता मारनाङ्गेलाई कसरी समेट्ने भन्ने पनि नेता लामाले कांग्रेस नेतृत्व संग सल्लाह गरेर टुङ्गो लगाईदिसकेको बुझिएको छ ।

लामाको समन्वयमा प्रदेशमा मनाङे निर्णायक शक्ति बनेका छन् । उनले कृष्णचन्द्र नेपालीलाई समर्थन गरेमा मुख्यमन्त्री बन्ने निश्चित थियो। कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्थ्यो। मनाङ्गे कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्ने आकलन थियो। उनलाई ३० सांसदको समर्थन देखिन्थ्यो । नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद थिए। कृष्णचन्द्र नेपालीले काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राजमोको २ मत पाउँदा ३० मात्र पुग्ने थियो।

दिपक मनाङे पक्षमा आउदा नेपालीले बहुमत पाउने देखिन्थयाे। उनलाई मिलाउनकै लागी गणेश लामा पोखरा पुगेको बुझिएको हो। मनाङेलाई फेरि मन्त्री बनाउने गरी नेपालीलाई साथ दिई सहमति निर्माण गरीएकाे विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नेता लामालाई प्रहरिले नियन्त्रणमा लिएकाे प्रति आपत्ति जनाऊदै नेपाली कांग्रेस काभ्रेले प्रेस विगप्ती जारी गरेकाे छ । पार्टि सभापति मधु प्रसाद आचार्यले जारी गरेकाे विज्ञप्तिमा नेता लामाकाे अविलम्ब रिहाकाे माग गरिएकाे छ । रिहा नभए आन्दाेलनमा उत्रने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal