कांग्रेस नेता लामाकाे रिहाइकाे माग गर्दै नेविसंघकाे आन्दाेलन, कांग्रेसकाे एउटा पक्ष असहभागी

कांग्रेस नेता लामाकाे रिहाइकाे माग गर्दै नेविसंघकाे आन्दाेलन, कांग्रेसकाे एउटा पक्ष असहभागी

काभ्रेपलाञ्चाेक / नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गणेश लामाकाे निशर्त रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेकाे नेतृत्वमा बनेपामा विराेध जुलुस निकालिएकाे छ ।

पाेखरमा रहेका नेता लामालाई बिहिबार प्रहरीले विना रकारण नियन्त्रणमा लिएकाे थियाे । विराेध जुलुशलाई सम्बनेधन गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा २ का सभापति तथा पुर्व उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेले लाेकतन्त्रकाे उपहास गर्दै विना कारण नियन्त्रण लिने आेली सरकारले प्रतिसाेधका कारण गैर जिम्वेवारि काम गरेकाे र लाेकतन्त्रकाे धज्जि उडाएकाे भन्दै तत्काल रिहाईकाे माग गरेका छन् ।

तत्काल रिहाई नभए आन्दोलन थप कार्यक्रम सार्वजनिक गर्ने नेविसंघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिए । नेपाली काँग्रेसका कार्यकर्ताहरुले नगरिक सर्बोच्चता कायम गर्न माग गर्दै गरिएको प्रदर्शन २० मिनेट चलेको थियो । २० मिनेटपछि इलाका प्रहरी कार्यालबाट खटिएका प्रहरीले बल प्रयोग गरि तितरबितर पारेको थियो । त्यस्तै नेपाली कांग्रेसले मण्डनदेउपुर नगरपालिकाको कुन्तामा प्रदर्शन गरेको छ । लामाको रिहाइको माग गर्दै कुन्ता चोकमा प्ले कार्ड सहित प्रदर्शन गरेको स्थानीय राजन पौडेलले जानकारी दिए

नेविसंघले आयाेजना गरेकाे उक्त विराेध कार्यक्रममा तत्कालिन संसदिय चुनावमा गणेश लामालाई हराउन लागि पर्ने कांग्रेसवृत भने सहभागी भएन । उक्त वृतले अहिले पनि नेता लामाकाे विरुद्दमा नेता कार्यकर्ता माझ भ्रम पुर्ण कृयाकलाप गर्दै आईरहेकाे छ ।

नेता लामाले गण्डकी प्रदेशको सरकार ढल्नकाे लागी नेता दिपक मनाङ्गेलाई संसदमा अनुपस्थित गराएर महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकाे सरकार ढले संगै अब गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने तयारी भएकाे छ । जुन कुराकाे जस नेता लामालाई कांग्रेस केन्द्रीय नेतृत्वले दिएकाे छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैड्याल, विजय कुमार गच्छधार लगाएतका केन्द्रीय नेताले टेलिफाेन बाट लामाले खेलेकाे भुमिकाकाे खुलेर प्रशंसा गरेका बुझिएकाे छ । गण्डकी प्रदेशमा संसदमा विश्वासको मत लिने भन्ने भएपछि कांग्रेस केन्द्रीय नेतृत्वलेनै नेता लामाको सहयोग मागेकाले उनि केहिदिन अघि पोखरा गएका थिए । लामाले पोखरामा नेता दिपक मनाङ्गेलाई संसदमा सहभागी नहुन भनेपछि सहमतिमा मनाङ्गेले सहर्ष स्विकार गरेको बताएको छ । नेता लामाले मनाङ्गे कांग्रेस पार्टीको नेतृत्व तह संगै कुरा गराएर प्रदेश संसद जानबाट रोक्न सफल भएको बताईएको छ।

सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका नेता लामालाई लेकसाईडको होटलबाट सोधपुछका लागि भन्दै प्रहरीले जबरजस्ति नियन्त्रणमा लिएको थियाे।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहेका छन् ।

पार्टी भित्रको अन्तर्घातको कारण काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ बाट सांसदमा उठेर हराईएका नेता लामा झुझारु नेताका रुपमा चिनिन्छन । गण्डकी प्रदेश सरकारको विपक्षमा दिपक मनाङ्गेलाई उभ्याउन सफल भएसंगै कांग्रेस नेतृत्वले नेता लामाले खेलेको भुमिकालाई खुलेर मुक्तकण्ठले प्रशंसा गरेको छ । अबको गण्डकी प्रदेश सरकारमा नेता मारनाङ्गेलाई कसरी समेट्ने भन्ने पनि नेता लामाले कांग्रेस नेतृत्व संग सल्लाह गरेर टुङ्गो लगाईदिसकेको बुझिएको छ ।

नेता लामालाई प्रहरिले नियन्त्रणमा लिएकाे प्रति आपत्ती जनाऊदै नेपाली कांग्रेस काभ्रेले प्रेस विगप्ती जारी गरेकाे छ । पार्टि सभापति मधु प्रसाद आचार्यले जारि गरेकाे विज्ञप्तिमा नेता लामाकाे अविलम्ब रिहाकाे माग गरिएकाे छ । अन्यथा सशक्त आन्दाेलनमा उत्रने बताईएकाे छ ।
काभ्रेको चार दोबाटोमा जम्मा भएर काँग्रेस कार्यकर्ताहरुले नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal