जनदबाब थेग्न नसकेपछि सरकार पछि हट्याे, कांग्रेस नेता लामा रीहा

जनदबाब थेग्न नसकेपछि सरकार पछि हट्याे, कांग्रेस नेता लामा रीहा

काभ्रेपलान्चोक/ नेपाली कांग्रेसका लाेकप्रिय, प्रभावशाली युवा नेता गणेश लामालाई बिना कारण पाेखरामा नियन्त्रण लिएकाे प्रहरीले जनदबाब पछि रिहा गरेकाे छ ।

रिहाइ पछि नेता लामाले लाेकतन्त्रमा हुने गरेका यस्ता कृयाकलापले आफुलाई जनताकाे सेवामा लाग्न थप उत्साह दिएकाे प्रतिकृया दिएका छन् । काेराेना महामारीमा समेत सडकमा उत्रेर समर्थनमा आउने नेता, कार्यकर्ता, शुभेच्छुक सबैलाई धन्यवाद दिदैं सरकार नपुगेकाे ठाउँमा पनि कांग्रेस पुगेर जनताकाे सेवा गर्न अनुराेध गरे ।

नेपाली कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले ओली सरकारकाे अकर्मण्यताले पापकाे घैंटाे भरिएकाे र वहिर्गमनकाे दिशामा पुगेकाले हाेस गुमाई सकेकाे प्रतिक्रिया दिदैं लामाकाे रिहाईले कांग्रेस जनमा एकता प्रदान गर्न थप मद्वत मिलाेकाे प्रतिक्रिया दिए ।

कांग्रेस नेता लामाकाे रिहाइकाे माग गर्दै नेवि संघ काभ्रेले आज बनेपामा अान्दाेलन गरेकाे थियाे भने पाेखरामा पनि विराेध सवरुप आन्लाेलन हुनुका साथै देशका विभिन्न ठाउँमा आज सांझ रांके जुलुस सहित विराेध गर्ने कार्यक्रम तय भएकाे थियाे । यस्तै नेपाली कांग्रेस काभ्रेले विराेधका विभिन्न कार्यक्रम तय गर्नका लागी आकस्मिक बैठककाे तयारी गरेकाे थियो । आन्दाेलनले उग्र रुप लिने देखेपछि सरकार नेता लामालाई नियन्त्रणमा लिएकाे २४ घण्टा पनि नबित्दै निषर्त रिहा गर्न बाध्य भएकाे छ ।

नेपाल विद्यार्थी संघ काभ्रेकाे नेतृत्वमा बनेपामा विराेध जुलुसलाई सम्बाेधन गरेका नेपाली कांग्रेस प्रतिनिधि सभा २ का सभापति तथा पुर्व उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेले लाेकतन्त्रकाे उपहास गर्दै विना कारण नियन्त्रण लिने आेली सरकारले प्रतिसाेधका कारण गैर जिम्वेवारि काम गरेकाे र लाेकतन्त्रकाे धज्जि उडाएकाे, अन्तमा जनदबाब थेग्न नस्सक्ने देखेपछि घुंडा टेक्न बाध्य भएकाे प्रतिक्रिया दिए ।

नेविसंघ काभ्रेका सभापति नृपेश वादेले प्रतगामी सरकार लाचार भएका कारण निरीह बनेकाे बताए ।

नेता लामाले गण्डकी प्रदेशको सरकार ढल्नकाे लागी गण्डकी परदेशका सांसद नेता दिपक मनाङ्गेलाई संसदमा अनुपस्थित गराएर महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकाे सरकार ढले संगै अब गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने तयारी भएकाे छ । जुन कुराकाे जस नेता लामालाई कांग्रेस केन्द्रीय नेतृत्वले दिएकाे छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैड्याल, विजय कुमार गच्छधार लगाएतका केन्द्रीय नेताले टेलिफाेन बाट लामाले खेलेकाे भुमिकाकाे खुलेर प्रशंसा गरेका छन् । गण्डकी प्रदेशमा संसदमा विश्वासको मत लिने भन्ने भएपछि कांग्रेस केन्द्रीय नेतृत्वलेनै नेता लामाको सहयोग मागेकाले उनि केहिदिन अघि पोखरा गएका थिए । लामाले पोखरामा नेता दिपक मनाङ्गेलाई संसदमा सहभागी नहुन भनेपछि सहमतिमा मनाङ्गेले सहर्ष स्विकार गरेको बताईएको छ । नेता लामाले मनाङ्गे कांग्रेस पार्टीको नेतृत्व तह संगै कुरा गराएर प्रदेश संसद जानबाट रोक्न सफल भएको बताईएको छ।

सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका नेता लामालाई लेकसाईडको होटलबाट सोधपुछका लागि भन्दै प्रहरीले जबरजस्ति नियन्त्रणमा लिएको थियाे।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित रहेका थिए ।

पार्टी भित्रको अन्तर्घातको कारण काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ बाट सांसदमा उठेर हराईएका नेता लामा झुझारु नेताका रुपमा चिनिन्छन । गण्डकी प्रदेश सरकारको विपक्षमा दिपक मनाङ्गेलाई उभ्याउन सफल भएसंगै कांग्रेस नेतृत्वले नेता लामाले खेलेको भुमिकालाई खुलेर मुक्तकण्ठले प्रशंसा गरेको छ । अबको गण्डकी प्रदेश सरकारमा नेता मनाङ्गेलाई कसरी समेट्ने भन्ने पनि नेता लामाले कांग्रेस नेतृत्व संग सल्लाह गरेर टुङ्गो लगाईदिसकेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal