नेता हुमागाईले गरे मेलम्चीका बाढिपिडितलाई सहयोग

नेता हुमागाईले गरे मेलम्चीका बाढिपिडितलाई सहयोग

मेलम्ची / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिब प्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराएका छन् ।

मंगलबार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढिले क्षति पुर्याएको छ । नाकुते भन्ने स्थानमा पहिरो गइ खोला थुनिएर आएको भनिएको बाढिले मेलम्ची खोला आसपासका बस्तीमा क्षति पुर्याएको छ । क्षतिको विवरण बुझ्न मेलम्ची पुगेका केन्द्रीय सदस्य हुमागाईले विस्तापित परिवारका लागि तत्कालको सहयोग भन्दै २ हजार के.जी चामल हस्तारण गरेका थिए । नेपाली काग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा, क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतसिंह तामाङ, तथा मेलम्ची नगर सभापति मधुसुदन सिग्देल मार्फत चामल हस्तान्तरण गरेका हुन ।

विपत्तिमा परेकाहरुको संख्या यकिन गर्न र आवश्यकता पहिचान भए पछि अन्य सहयोगको लागि पनि आफू तयार रहेको हुमागाईले बताए ।

नेपाली काग्रेस मेलम्ची नगर समितिको तर्फबाट बाढि पिडितहरुका लागि राहत तथा विपद व्यवस्थापन समिति निर्माण गरि नगरपालिका सँग समन्वय गरेर राहत वितरणको कार्यलाई अगाडि बढाउने नगर सभापति सिग्देलले बताए ।

बाढी पहिरो प्रभावित क्षत्र मेलम्चीमा घटनाका बिषयमा जानकारी तथा अवलोकन पछि केन्द्रीय सदस्य हुमागाईको टोलिले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामा,नेबिसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिना,जिल्ला कोषाध्यक्ष पासाङ दोङ,क्षत्रीय सभापति आइतमान तामाङ,जिल्ला सदस्य गणेश सिग्देल,राष्टिय कलाकार अशोक धिताल लगायतको उपस्थितिमा मेलम्ची नगर सभापति मधुसुदन सिग्देललाई राहत सामाग्री खाध्यान्न हस्तान्तरण गरेको हो ।

राहत हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य हुमागाई सँगै पत्रकार महासंघ काभ्रे शाखाका पूर्व सभापति नारायण सापकोटा, तरुण दल पनौतीका अध्यक्ष महेश थापा,ट्रेड युनियन संघीय प्रतिनिधि रधुनाथ हुमागाई पत्रकार नवराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal