प्रदेश संसद हुमागाईले कती बजेट ल्याउन सके ?

प्रदेश संसद हुमागाईले कती बजेट ल्याउन सके ?

काभ्रेपलान्चोक/ काभ्रेपलान्चोक जिल्लाका प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले आफ्ना निर्वाचन क्षेत्रमा गरेका प्रतिज्ञा पूरा गर्दै आउनु भएको छ । हुमागाईको पहलमा प्रदेशले यस वर्ष बनेपा नगरपालिकाका लागि विषेश खालका योजना छनोट गरेको हो । हुमागाईका निर्वाचन क्षेत्रका समग्र योजनाहरु छनोट भैसकेको छ । बनेपा नगरपालिकाले आफ्नो मातहतमा खर्च गर्न पाउने गरि आएका केही योजनाहरु यस्ता रहेका छन :
प्रदेश सरकार मार्फत सशक्त अनुदान अन्तर्गत
बनेपा नगरपालिका वडा नम्बर ३ का लागि ओडार ठुलोचौर खानेपानी आयोजनाका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर १४ का लागि साँगा आशापुरी सडकका लागि पचाँस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर २ मा ठूलो ढुङ्गा देखि दोबाटोसम्मको सडक निर्माणका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर ३ का लागि मुहान थलि सडक निर्माणका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर ९ मा राजदास सहायक मार्ग सडकका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

वडा नम्बर ४, २ र १ का लागि नाला पुलबजारबाट मुलीफाँट हुदै टिमुरे चौरसम्मको कृषि सडकका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका संगको समपुरक योजना अन्तर्गत
बनेपा नगरपालिका वडा नम्बर २ का लागि बासाझाङ नगरकोट सडक का लागि २ करोड बजेट रहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ३ पेवा गौडा थुमाचौर नन्दादेवी काभ्रेडाँडा बाटो सडकका लागि २ करोड बजेट रहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ६ का लागि कुइकेल मार्गका निम्ति २ करोड बजेट रहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालका लागि विशेष योजना अन्तर्गत डिप बोरिङ खानेपानी योजनाको लागि ६० लाख बजेट बिनियोजन गरिएको हुमागाईका स्वकिय सचिव जयराम के सिले जानकारी दिनु भयो ।

साथै प्रदेशले अनुदानका रुपमा दिएको र पालिका आफैले खर्च गर्न पाउने गरि दुई करोड चौध लाख बिनियोजन गर्नुभएको छ ।

यसमा उल्लेखित योजनाहरु बनेपा नगरपालिकाले नगरपालिका अन्तर्गत प्रयोग गर्ने योजनाहरु हुन
यश बाहेक प्रदेश मन्त्रालय, विभाग र जिल्लाका कार्यलयबाट खर्च हुने योजनाका विवरण केही समयमा सार्वजानिक गर्ने हुमागाईका स्वकिय सचिव केसिले बताउनु भयो ।

यससँगै बनेपा नगरपालिकाले कुल दस करोड चौबिस लाख रकम यश योजनामा खर्च गर्ने छ । जसमा सात करोड चौबिस लाख प्रदेश मार्फत अनुदान रहने छ भने साझेदारी कार्यक्रममा तीन करोड रकम नगरपालिकाले खर्छ गर्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal