युवा नेता सुरेन्द्रलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुलिखेल ८ काे जिम्मेवारी

युवा नेता सुरेन्द्रलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुलिखेल ८ काे जिम्मेवारी

काभ्रेपलान्चोक/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुलिखेल नगर ८ काे वडा कमिटीको भेलाबाट नवगठित कमिटीको अध्यक्षमा सर्वसम्मत रुपमा प्रभावशाली युवा नेता सुरेन्द्र अधिकारी चयन भएका छन् ।

कमिटीकाे उपाध्यक्षमा नारायण भण्डारी सचिव सन्तोष मिजार, सह-सचिव बाबुलाल तामाङ, सदस्यहरूमा गणेश थापा, नेत्र सापकोटा, बाबुराम मिजार, चुनक ब. खड्का
सिता मिजार सहित २५ सदस्यीय कमिटि विस्तार गरेकाे छ ।

भेलाले माधव दाहालकाे संयाेजकत्वमा ४० सदस्यीय वाईशियल कमिटि गठन गरेकाे छ ।

कमिटि गठन पश्चात् भेलालाई सम्बाेधन गर्दै अध्यक्ष अधिकारिले नगरमा भैरहेकाे असमान बजेट विनियाेजन, कार्यकर्ता भरणपोषण, ठेकेदारि प्रथा र दिनप्रतिदिन माैलाउदै गएकाे भ्रष्टाचारका विरुद्ध शान्ति अमन चैनका लागि नागरिककाे अावाज उठाउन प्रतिबद्ध रहेकाे र खबरदारि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदिय जिम्मेवारिमा नहुंदा पनि युवा नेता अधिकारि सामाजिक विषयमा खराे रुपमा उत्रने सामाजिक व्यक्तित्वका रुपमा चिनिन्छन् । अब सिंगाे पार्टिकाे वडा तहकाे नेतृत्व लिएपश्चात गाउंका विकास निर्माण तथा पार्टीको सुदृढीकरण हुनेमा नेता कार्यकर्ता तथा वडावासिले ठुलाे अपेक्षा गरेका छन् । प्रतिनिधिसभा सभा सदस्य गंगाबहादुर दाैङ (बमध्वज) काे प्रमुुख आतिथ्यता, नेता विष्णु मिजार, पृथ्वी थापा, अनुशिलकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal