काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँदा वडा अधिवेशन रोकियो

काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँदा वडा अधिवेशन रोकियो

काभ्रे । काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँएको पाइएको छ । आज देशभरका जिल्लामा वडा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो । तर काभ्रेमा वडा अधिवेशन अनिश्चित छ । गणेश लामा पक्षीय क्रियाशील सदस्यको नाम काटिएपछि जिल्ला सभापति मधु आचार्य केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना बस्न जानु भएको थियो । जिल्ला पार्टी समितिले सिफाशिस गरेका सदस्यहरूको नाम एकाएक काटिएपछि सभापति आचार्य धर्ना बस्न जानु भएको हो ।

जिल्ला पार्टी समितिले सिफाशिस गरेका क्रियाशील सदस्यको नाम सार्वजनिक गर्ने सहमतिपछि धर्ना रोकिएको छ । तर अझै नाम सार्वजनिक नगरिएको भन्दै सभापति आचार्य जिल्ला फर्किनु भएको छैन् । जिल्लामा गणेश लामालाई बाईपास गरेर अघि बढ्न खोज्दा वडा अधिवेशन पनि रोकिएको छ ।

तत्कालीन फोरम नेपाली कांग्रेसमा एकीकृत भएको थियो । गणेश लामाको पक्षका ८ सय जनालाई क्रियाशील सदस्य दिने सहमति थियो । सोहि अनुरुप जिल्ला समितिले केन्द्रमा नाम पठाएको थियो । तर गणेश लामा पक्षका झण्डै ५ सय क्रियाशील सदस्यको नाम काटिँएको बताइएको छ ।

गणेश लामा सभापति मधु आचार्य पक्षीय नेता मानिनुहुन्छ । गणेश लामासंगै मिलेर आचार्य प्यालन अधिवेशनमा आफ्नो बढी भन्दा बढी पदाधिकारी निर्वाचित गराउने पक्षमा छ । नेता लामाले आचार्य प्यानललाई खुलेरै सहयोग गर्दै आउनु भएको छ । क्रियाशील सदस्य नभएपछि पार्टीको कुनैपनि पदमा उम्मेदवारी दिन मिल्दैन् ।

गणेश लामाको भागमा परेका सबैको नाम क्रियाशील सदस्यमा आउँदा आफुहरू निकै कमजोर हुने आँकलन सहित पूर्व जिल्ला सभापति शिव हुमागाईं पक्षले क्रियाशील सदस्यको नाम काटेको स्रोतको दाबी छ । ‘जिल्ला समितिले सहमतिमै पठाएको नाम काटिनु भनेको स्वभाविक होईन् । यसमा ठूलो षड्यन्त्र छ । हामी यसको शसक्त प्रतिबाद गर्छौं । सभापति आचार्य निकट एक जिल्ला नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।’

गणेश लामाले संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) मा नेपाली कांग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसक्नु भएको छ । उहाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्र लामासंग ४ हजार १७७ कम मत अन्तरले पराजित हुनुभएको थियो । चन्द्र लामाले २४ हजार ४४७ मत पाउँदा कांग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal