सबैलाई समान व्यवहार गर्ने व्यक्तिको चाहना छः प्रिती खोटेजा

सबैलाई समान व्यवहार गर्ने व्यक्तिको चाहना छः प्रिती खोटेजा

१. आजकल केमा व्यस्त हुनुहुन्छ ?
आजकल मोडलिङ्ग सँगसँगै जागिरमा व्यस्त छु ।

२. साथीको परिभाषा दिनुपर्दा ? कस्ता साथीहरु मन पर्छ ? तपाइका मिल्ने ३ साथी सम्झिनु पर्दा?
मलाई बुझ्ने, सहयोगी भावना भएको र ख्याल राख्ने साथीहरु मनपर्छ । मेरो मिल्ने साथीहरु सम्झिनु पर्दा सुनिता, अजित र मनिसलाई सम्झिन्छु ।

प्रिती खोटेजा (मोडल)

विवाह गर्ने व्यक्तिको कुरा गर्दा जिम्मेवारी, हेलपीङ्, कियरिङ्, मेरो कुरा सुनिदिने, बुझिदिने, मेच्योर, लभिङ् र सबैको समान व्यवहार गर्ने व्यक्ति पाउने चाहना छ ।

३. कस्ता गीत संगीत मनपर्छ ? मनपर्ने गायक को हुनहुन्छ ? उहाँको कुन गीतले मन छोएको छ र किन ?
मलाई अर्थपूर्ण गीत–सङ्गीत मनपर्छ, चाहे त्यो लोक, क्लासिक, टेक्नो, पप वा रक होस् । स्वरसम्राट स्वर्गीय नारायण गोपाल, मेरो मनपर्ने गायक हुनुहुन्छ । उहाँको ‘केही मिठो बात गर….’ गीतले मन छोएको छ । किनभने यो गीतको हरेक लाइन र शब्द अर्थपूर्ण छ ।

४. मनपर्ने ड्रेस अप कस्तो हो ? कस्ता पहिरनमा आफूलाई सहज महसुस गर्नुहुन्छ ? घरमा सबैभन्दा बढी कस्ता पहिरन छन् ?
मलाई सिम्पल डे«सअप मनपर्छ । फर्मल पहिरनमा मलाई सहज महसुस हुन्छ । घरमा सबैभन्दा बढी फर्मल र क्लासिक पहिरन नै छन् ।

मलाई चाहिँ विवाह बन्धन भन्दा अगाडि जस्तो व्यवहार, माया, सम्मान र विश्वास गरिरहनु भएको थियो, विवाहपछि पनि त्यस्तै होस् भन्ने चाहना छ ।

५. घुम्न जानुपर्दा कस्ता ठाउँ मन पर्छन् । तपाईको नजिकैका मनपर्ने गन्तव्य कुन हुन् र अलि टाढा जानुपर्दा कहाँ जान मन छ ?
रमणीय वातावरण भएको ठाउँमा घुम्न जान मनपर्छ । नजिक रहेको मनपर्ने गन्तव्य भन्दा म भक्तपुर बासिन्दा भएकोले होला मलाई गुण्डु मनपर्छ । त्यहाँको रमणीय र शान्त वातावरणले मन शान्त र फ्रेस बनाउँछ । अलि टाढा जानु पर्दा मलाई मनाङ–मुस्ताङ जान मन छ ।

६. मनपर्ने खाना के हो ? मनपर्ने पेय पदार्थ के हो ? आफै पनि पकाउनु हुन्छ ? के मिठो पकाउनु हुन्छ ?
मनपर्ने खानामा मलाई नेवारी खानाहरू मनपर्छ । मनपर्ने पेय पदार्थमा मलाई हट चकलेट मनपर्छ । आफै पनि खाना पकाउने गर्छु । मिठो पकाउनुमा म छ्वयलाः मिठो बनाउँछु ।

प्रिती खोटेजा (मोडल)

७. कस्ता पुस्तकले मन छुन्छन् ? कस्का पुस्तक दोहोराएर पढ्नुभएको छ ? नाम सुनेको तर पढ्न नपाएको पुस्तक छन् कुनै ?
मलाई साँचो घटनामा आधारित र जीवनसँग सम्बन्धित पुस्तकले मन छुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको मुनामदन दोहोराएर पढेको छु । नाम सुनेको तर पढ्न नपाएको पुस्तक उहाँकै महाकाव्य “शाकुन्तला“ हो ।

८. विवाह र सेक्स प्रतिको धारणा के हो ? विवाह गर्ने व्यक्ति कस्तो होस् भन्ने चाहना छ ? विवाहपूर्वको सम्बन्धबारे तपाईको धारणा के हो ?
विवाह एउटी केटीको लागि ठूलो कुरा हो । एउटा लुगा किन्दा त कुन लिने, यो राम्रो छ कि छैन भनेर सोच्नुपर्छ भने विवाह त आजिवनको कुरा हो । धेरै सोचेर मात्र निर्णय गर्नुपर्छ । सेक्सप्रति मेरो धारणा के छ भने आजकलको मोडर्न युगमा सेक्स एउटा साधारण शब्द जस्तो भइसकेको छ । तरपनि, मलाई सेक्स त्यस्तो साधारण शब्द जस्तो लाग्दैन । सेक्ससँग धेरै कुरा जोडिएको हुन्छ । मान्छेको फिलिङ्स, इमोसन्सहरू जोडिदिएको हुन्छ । त्यसैले सोचेर मात्र सेक्स सम्बन्ध राख्नुपर्छ जस्तो लाग्छ मलाई । विवाह गर्ने व्यक्तिको कुरा गर्दा जिम्मेवारी, हेलपीङ्, कियरिङ्, मेरो कुरा सुनिदिने, बुझिदिने, मेच्योर, लभिङ् र सबैको समान व्यवहार गर्ने व्यक्ति पाउने चाहना छ । विवाह भएपछि कसैको सम्बन्ध पहिला भन्दा राम्रो हुन्छ भने कसैको नराम्रो हुन्छ । त्यसैले मलाई चाहिँ विवाह बन्धन भन्दा अगाडि जस्तो व्यवहार, माया, सम्मान र विश्वास गरिरहनु भएको थियो, विवाहपछि पनि त्यस्तै होस् भन्ने चाहना छ ।

९. यदि केटा भएर जन्मिनु भएको भए ?
यदि केटा भएर जन्मेको भए, मैले केटी भएर जन्मिँदा जति कुरा सिके र सिक्न बाँकि छ, केटा हुँदा त्यो भन्दा बढी सिक्न पाउथें कि जस्तो लाग्छ ।

जसरी रातले जुनलाई चम्किन सिकाउँछ, त्यसरी नै दुःख र सङ्घर्षले मान्छेलाई जिऊन सिकाउँछ ।

१०. कुन सेलिब्रेटी देख्दा डाहा लाग्छ, किन?
आजसम्म कुनै सेलिब्रेटि देख्दा डाहा लागेको छैन । किनकी सबै आआफ्नो प्रतिभा र मेहनतले आफ्नो ठाउँमा हुनुहुन्छ ।

११. यदि तपाईले आफ्नो रुप फेर्ने वरदान पाउनु भयो भने कस्को रुप धारणा गर्न मन छ ?
यदि मैले आफ्नो रूप फेर्ने वरदान पाएँ मलाई लता मंगेस्कर बन्ने मन छ ।

प्रिती खोटेजा (मोडल)

१२. घरमा झुट बोलेर कहिले कतै जानु भएको छ ?
आजसम्म घरमा झुट बोलेर कहिले पनि कतै पनि गएको छैन ।

१३. भविष्यको लक्ष्य के हो ?
भविष्यमा मलाई एउटा सफल व्यक्ति बन्न मन्छ । मेरो नाम चिनाउन र मेरो आमा बुबालाई मेरो सफलताबाट गर्व गराउने मेरो लक्ष्य हो ।

१४. मन लागेको तर गर्न नपाएको कुनै काम छ ? के काम हो ?
मलाई फेसन डिजाइनर बन्न मन थियो ।

१५. अन्त्यमा केही ?
मेरो आफ्नो मनको कुरा राख्न पाएकोमा तपाई लगायत लुक्सनेपाल टिमलाई धन्यवाद दिँदै यति भन्न चाहन्छु कि जसरी रातले जुनलाई चम्किन सिकाउँछ, त्यसरी नै दुःख र सङ्घर्षले मान्छेलाई जिऊन सिकाउँछ ।
– प्रस्तोताः सोनी श्रेष्ठ / लुक्सनेपाल डटकम

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal