वेस्टर्न ड्रेस नै सहज लाग्छः फियोना डंगोल

वेस्टर्न ड्रेस नै सहज लाग्छः फियोना डंगोल

१. आजकल के मा व्यस्त हुनुहुन्छ?
म एक विद्यार्थी भएकोले पढाई लेखाई सँगसँगै मोड्लिङमा व्यस्त छु ।

२. मोड्लिङ क्षेत्रमा बाहेक अरु के गर्दै हुनुहुन्छ ?
मोड्लिङ क्षेत्र बाहेक म डान्स गर्छु ।

३. साथीको परिभाषा दिनुपर्दा ? कस्ता साथीहरु मनपर्छ ? तपाइका मिल्ने ३ साथी सम्झिनु पर्दा कसलाई सम्झनुहुन्छ ?
साथीको परिभाषा दिनुपर्दा साथी भनेको दिदीबहिनी जस्तो हो, जसले हरेक सुख दुःख मा साथ दिन्छ । मलाई मिलनसार, मद्दत गर्ने, मिठो बोली बोल्ने र सबैलाई सहयोग गर्ने साथी मनपर्छ । मेरो मिल्ने साथी सम्झनुपर्दा म प्रतिशा र विदिशालाई सम्झन्छु ।

फियोना डंगोल


४. कस्ता गीत संगीत मनपर्छन् ? मनपर्ने गायक को हुनहुन्छ ? उहाँको कुन गीतले मन छोएको छ र किन ?
मलाई पप गीत–सङ्गीत मनपर्छ । मलाई मनपर्ने गायक सुगम पोखरेल हुनुहुन्छ । उहाँको स्कूल पाठशाला भन्ने गीतले मन छोएको छ, किनभने त्यो गीतले मलाई मेरो वालापन र मेरो स्कूलको याद दिलाउँछ ।

५. मनपर्ने ड्रेसअप कस्तो हो ? कस्ता पहिरनमा आफूलाई सहज महशुस गर्नुहुन्छ ? घरमा सबैभन्दा बढी कस्ता पहिरन छन् ?
मलाई कल्चरल (सांस्कृतिक) ड्रेसअप मनपर्छ । म आफूलाई वेस्टर्न ड्रेसमा सहज महसूस गर्छु । घरमा सबैभन्दा बढी दुवै कल्चरल र वेस्टर्न ड्रेसहरु छन् ।

६. घुम्न जानुपर्दा कस्तो ठाउँ मनपर्छ ? तपाईको नजिकैको मनपर्ने गन्तव्य कुन हो र अलि टाढा यात्रामा जानु पर्दा कहाँ जान मन छ ?
मलाई घुम्न जानु पर्दा हरियाली, नदीनाला, हिमाल भएको ठाउँहरु मनपर्छ । मेरो नजिकैको मनपर्ने गन्तव्य ठाउँ गोदावरी हो र अलि टाढा जानु पर्दा पोखरा ।

७. मनपर्ने खाना के हो ? मनपर्ने पेय पदार्थ के हो ? आफै पनि पकाउनु हुन्छ ? के मिठो पकाउनु हुन्छ ?
मलाई मनपर्ने खाना नेपाली परिकार हो । मनपर्ने पेय पदार्थ लेमोनेड र कफि हो । म आफै कहिलेकाहीँ खाजा पकाउँछु । म मीठो नेपाली तरकारी गुन्द्रुक बनाउँछु ।

फियोना डंगोल


८. कस्ता पुस्तकले मन छुन्छन् ? कस्का पुस्तक दोहोराएर पढ्नुभएको छ ? नाम सुनेको तर पढ्न नपाएको पुस्तक छन् कुनै ?
झमक कुमारीद्वारा लिखित ‘जीवन काँडा कि फूल’ किताबले मेरो मन छोएको छ । दोहोराएर किताब कुनै पढेको छैन । मैले सुनेको तर पढ्न नपाएको को किताब महात्मा गान्धीको जीवनकथाको किताब हो ।

९. विवाह र सेक्स प्रतिको धारणा के हो ? विवाह गर्ने व्यक्ति कस्तो होस् भन्ने चाहना छ ? विवाहपूर्वको सम्वन्धबारे तपाईको धारणा के हो ?
विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको स्वतन्त्र सहमतिमा एक पवित्र सामाजिक तथा कानुनी बन्धन हो भने सेक्स जीवनको अभिनअंगको रुपमा लिन सकिन्छ । यसलाई कसैले सन्तान जन्माउनको रूपमा लिइन्छ भने कसैले शारीरिक सुखको लागि मात्र लिने गर्दछ । विवाह गर्ने व्यक्ति मनको कुरा बुझ्ने, अघि बढ्न प्रोत्साहन गर्ने र श्रीमतीलाई सजाउने वस्तुको रूपमा नलिने भावनाको होस् भन्ने मेरो चाहना छ । विवाहपूर्वको शारिरीक सम्बन्धलाई मेरो धारणा के छ भने म एक हिन्दु संस्कारमा हुर्केकी छोरी भएको हुनाले पनि त्यस्तो सम्बन्धलाई राम्रो मान्दिन ।

फियोना डंगोल

१०. यदि केटा भएर जन्मिनु भएको भए ?
यदि म केटा भएर जन्मेको भए केटीहरु लाई सम्मान गर्थे र उनीहरूलाई अघि बढ्ने प्रोत्साहन दिन्थें ।

११. कुन सेलिब्रेटी देख्दा डाहा लाग्छ, किन ?
डाहा लाग्ने त्यस्तो कोही पनि हुनुहुन्न ।

१२. यदि तपाईले आफ्नो रुप फेर्ने वरदान पाउनु भयो भने कस्को रुपधारण गर्न चाहनुहुन्छ ?
यदि मैले आफ्नो रूप फेर्ने वरदान पाएको भए म नेपाली चलचित्रकी नायिका जसिता गुरुङको रुपधारण गर्न चाहन्छु ।

१३. घरमा झुट बोलेर कहिले कतै जानुभएको छ ?
छैन ।


१४. भविष्यको लक्ष्य के हो ?
भविष्यको लक्ष्य चार्टर्ड एकाउन्टेण्ट बन्ने हो र त्यसका साथसाथै चलचित्रतिर पनि लाग्ने सोच छ ।

१५. मन लागेको तर गर्न नपाएको कुनै काम छ ? के काम हो ?
मन लागेको तर गर्न नपाएको त्यस्तो कै काम छैन ।

१६. अन्त्यमा आफ्ना मनमा लागेका कुरा ?
तपाई लगायत लुक्सनेपाल टिमलाई मेरो भावना र कुराहरु पोख्न दिनुभएकोमा हृदयदेखि नै धन्यवाद । अन्त्यमा म के भन्न चाहन्छु भने मैले जे काम गरे पनि सबैलाई खुसी बाँड्न सकोस्, यही मेरो चाहना ।

प्रस्तोताः सोनी श्रेष्ठ / लुक्सनेपाल डटकम

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal