‘फर्केर यादहरू आउने गर्छन्, समय होइन’ : सुजना श्रेष्ठ (मोडल)

‘फर्केर यादहरू आउने गर्छन्, समय होइन’ : सुजना श्रेष्ठ (मोडल)

० आजकल के मा व्यस्त हुनुहुन्छ ? मोड्लिङ क्षेत्रमा बाहेक अरु के मा व्यस्त हुनुहुन्छ?
– मोड्लिङ क्षेत्रमा बाहेक म आजकल आफ्नो कामतिर नै व्यस्त छु ।

० साथीको परिभाषा दिनुपर्दा ? कस्ता साथीहरु मनपर्छ ? तपाइका मिल्ने ३ साथी सम्झिनुपर्दा?
– जिवनको एउटा अपरिहार्य पात्र “साथी” पनि हो । अहिले मेरा सबै साथीहरु मेरो सम्पर्कमा नभएता पनि मलाई सबैजना उत्तिकै प्यारो लाग्छ । सच्चा साथी नै त्यो हो जस्ले जिवनभर निःस्वार्थ भावले आफ्नो सुख, दुःखमा साथ दिने गर्छ । सबैजना उत्तिकै मिल्छन् तर मिल्ने ३ साथी सम्झनु पर्दा सुबिन, मन्जिता र प्रमिलालाई सम्झने गर्दछु ।

सुजना श्रेष्ठ (मोडल)

० कस्ता गीत संगीत मनपर्छन् ? मनपर्ने गायक को हुनहुन्छ ? उहाँको कुन गीतले मन छोएको छ र किन ?
– म मुड अनुसार सबै प्रकारका गीतहरु सुन्न मन पराउँछु । नेपालको मलाई मनपर्ने गायक सज्जन राज वैद्य हुनुहुन्छ । उहाँको “मुस्कान” भन्ने गीतले मेरो मन छुन्छ ।

० मनपर्ने ड्रेस अप कस्तो हो ? कस्ता पहिरनमा आफूलाई सहज महशुस गर्नुहुन्छ ? घरमा सबैभन्दा बढी कस्ता पहिरन छन् ?
– समय अनुकुल सबै प्रकारका लुगा लगाउने भएतापनि मलाई सिम्पल ड्रेसअप नै ठीक लाग्छ । क्याजुअल पहिरनमा आफूलाई सहज महशुस गर्छु त्यसैले क्याजुअल पहिरन नै बढी छन् ।

० घुम्न जानु पर्दा कस्ता ठाउँ मन पर्छन् । तपाईको नजिकैका मनपर्ने गन्तव्य कुन हुन र अलि टाढा जानु पर्दा कहाँ जान मन छ ?
– घुम्न जानु पर्दा चाहिँ मलाई शान्त, रमणीय वातावरण भएको ठाउँ मन पर्छ । नजिकैको ठाउँ मध्य पाटन एकदम मनपर्छ र अलि टाढा जानु पर्दा चाहिँ बाली जान मन छ ।

० मन पर्ने खाना के हो ? मन पर्ने पेय पदार्थ के हो ? आफै पनि पकाउनु हुन्छ ? के मिठो पकाउनु हुन्छ ?
– खानामा यो नै मनपर्छ भन्ने कुनै छैन, तर आफु नेवार भएकोले नेवारी खानाका परिकारहरु बढी मिठो लाग्छ । मन पर्ने पेय पदार्थ चिया कफी हो । मैले जानेको सबै कुरा बनाउँदा मिठो नै छ भन्ने प्रतिक्रिया पाएको छु ।

० कस्ता पुस्तकले मन छुन्छन् ? कस्का पुस्तक दोहोराएर पढनु भएको छ ? नाम सुनेको तर पढ्न नपाएको पुस्तक छन कुनै ?
– नोबेलहरु प्राय पढ्ने भएकाले बढि नोबेलहरुले मन छुन्छन् जुन मार्मिक र सनसनीपूर्ण कथामा आधारित हुने गर्दछ । “झोला” भन्ने नोबेल दोहोराएर पढेको छु । नाम सुनेको तर पढ्न नपाएको पुस्तक चाहिँ “राधा” हो।

० विवाह र सेक्स प्रतिको धारणा के हो ? विवाह गर्ने व्यक्ति कस्तो होस भन्ने चाहना छ ? विवाहपूर्वको सम्वन्धबारे तपाईको धारणा के हो ?
– “विवाह र सेक्स” भनेको एउटा प्राकृतिक नियम हो । दुई व्यक्तिको मात्र नभई दुई परिवारको मिलन भनेको नै विवाह हो जस्तो लाग्छ र विवाह सम्बन्ध सुमधुर कायम राख्न सेक्सले साथ दिने गर्छ । विवाह गर्ने व्यक्ति यस्तो होस् भनेर डिमान्ड त गर्दिन बस् समयसंगै एकअर्काको कुरा बुझेर साथ दिने हुनुपर्छ चाहे सम्बन्ध विवाह अघिको होस् या पछिको ।

० यदि केटा भएर जन्मिनु भएको भए ?
– यदि केटा भएर जन्मिनु भएको भए केटा भएर जन्मिए पछिको जिम्मेवारीहरु बोध गर्ने थिए ।

सुजना श्रेष्ठ (मोडल)

० कुन सेलिब्रेटी देख्दा डाहा लाग्छ, किन?
– सबै सेलिब्रेटीहरुको मेहेनत देखेर खुशी लाग्छ डाहा भन्दापनि र आगामी दिनहरुमा उहाँहरुबाट केही सिक्छु भन्ने आशा लिएकी छु ।

० यदि तपाईले आफ्नो रुप फेर्ने वरदान पाउनु भयो भनि कस्को रुपधारण गर्न चाहनुहुन्छ ?
– म आफ्नो आमा बुबाले दिनु भएको रुप फेर्न त्यो समयमा पनि चाहदिन ।

० घरमा झुट बोलेर कहिले कतै जानु भएको?
– घरमा झुट बोलेर कतै जानुपर्ने अवस्था आएको छैन।

० भविष्यको लक्ष्य के हो ?
– भविष्यको लक्ष्यहरू त धेरै छन् तर सबैभन्दा पहिले मलाई एउटा चर्चित मोडल बन्नु छ ।

० मन लागेको तर गर्न नपाएको कुनै काम छ ? के काम हो ?
– मन लागेको तर गर्न नपाएको कुनै काम भन्नु पर्दा चाहिँ बन्जी जम्पिङ गर्न मन छ ।

० अन्त्यमा केही ?
हरेक पलहरुमा रमाउन सिक्नुपर्छ किनभने फर्केर यादहरु आउने गर्छन् समय होइन । यसरी नै मेरो विचार र भावनात्मक कुराहरु यस “लुक्स नेपाल” मार्फत पोख्ने अवसर पाएकीमा म अत्यन्त आभार व्यक्त गर्छु। साथै “फोकस फेसन हाउस” तथा सबै टिमलाई धन्यवाद ज्ञापन गर्दछु ।

प्रस्तोताः सोनी श्रेष्ठ / लुक्सनेपाल डटकम

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal