जिल्ला समन्वय समितिको वार्षिक समीक्षामा पत्रकार महासंघलाई बेवास्ता

जिल्ला समन्वय समितिको वार्षिक समीक्षामा पत्रकार महासंघलाई बेवास्ता

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको समिक्षा कार्यक्रम धुलिखेलमा भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना कार्यक्रममा उपस्थित रहेनन । उक्त कुरा सबैलाई खुलदुलीको विषय बन्यो ।

किनकि जिल्ला तहकको सो कार्यक्रममा पत्रकार महासंघ जस्तो नागरिक अगुवाइ गर्ने संस्थाका अध्यक्ष नदेखिनु आफैंमा जिज्ञासाको विषय हो । अन्तत: हामिले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनालाई जिल्ला समन्वय समितिको कार्यक्रममा किन उपस्थित हुनु भएन भनेर सोध्यौं । जसको जवाफ जस्ताको तस्तै राखेका छौं ।

उत्तर : जिल्ला समन्वय समितिको कार्यक्रम र त्यहाँ बाट गरिएको जाल सांझीपूर्ण पत्राचार प्रति मेरो गम्भीर आपति छ। हिजो नबोलाइएको कार्यक्रम प्रति यस ग्रुपमा व्यापक आलोचना पछि जिससका एकजना कर्मचारीले रातको ८:५९ बजे कल गर्नु भएको थियो।

महासंघका अध्यक्ष लाइ आज कार्यक्रममा देखिएन नि भनेर जिससका अध्यक्षले राति ९ बजे मलाई कल गर्न लगाउनु भएको भनि नाटकीय शैलीमा आजको लागि निम्तो आएको थियो। हाम्रो ग्रुपमा छलफल भएको सविस्तार जानकारी लिएर औपचारिकता निर्वाह गर्न उहाले आफ्नो हाकिमको बचाऊ त् गर्नु भयो तर घुमाउरो पारामा गल्ति भएकै हो भनेर माफी समेत माग्नु भयो।

राष्ट्रसेवकले गर्ने भूमिका निभाउनु भयो धन्यवाद तर आलोचना गरेर तपाइको कार्यक्रममा आउन असमर्थ छु धन्यवाद भनेर फोन राखिदिए मैले। हिजो चाही केहि खबर नगर्ने, कल नगर्ने, आज पत्राचारको नाटक गर्ने र व्यापक बिरोध भएपछि आजको कार्यतालिका परिबर्तन गरिएको जानकारी पाएको छु ।

अध्यक्ष ज्युले फोन गर्न लगाउनु भएको भनिएको अपत्यारिलो नाटक रचिए पनि उद्धव केसी कस्तो हुनु हुन्छ उहाको सोच र दृस्टीकोण कस्तो छ ? उहाको रवाफ र दम्भ के हो उहाले पत्रकारलाइ कुन रुपमा हेर्नु हुन्छ, महासंघ र बर्तमान नेतृत्वमा उहाको नजर कस्तो छ भन्ने कुरा आम काभ्रेली पत्रकार लाइ मात्र हैन जिल्लाका सरकारी कार्यालय प्रमुखहरु, राजनीतिक, सामाजिक, पेशागत एवं सरोकारवाला व्यक्तिले राम्रोसंग बुझेका छन्।

यस बिषयमा यो भन्दा धेरै केहि बोल्नु नपर्ला सायद। तर जिल्ला समन्वय समिति र अध्यक्ष लगायतका जिम्मेवार हरुबाट गरिएको यस प्रकारको निषेध र अपमान कुनैपनि हालतमा स्वीकार्य छैन।

जिससका कार्यक्रममा बोलाइनु र नबोलाइनु खास ठुलो कुरा हैन, कार्यक्रमको निम्तो आए नि नआए पनि महासंघ महासंघ नै हुन्छ, अध्यक्ष म अध्यक्ष नै हुन्छु, जिल्ला कार्यसमितिका सबै साथीहरुको मानसम्मान र इज्जत तलमाथि हुने पनी हैन। जिल्लामा क्रियाशील पत्रकारको प्रतिष्ठा र प्रभाव कम हुने पनी होइन।

तसर्थ म यी र यस्ता कुनै पनि पनि मुद्दालाइ उच्च प्राथमिकतामा राख्दिन र मतलब पनि छैन। खाली नियतवश गरिने व्यवहार र अपहेलना प्रति मात्र हो गुनासो। यी र यस्ता सबै सन्दर्भमा मेरो गम्भीर आपति रहनेछ जिसस प्रति। हामीले समन्वय अध्यक्षलाइ भेटेर नै यसबारे ध्यानाकर्षण गराउनु पर्ने देखेको छु।

बस्तुगत अवस्था र समन्वय समितिको समन्वय कस्तो रहेको थियो भन्ने सन्दर्भमा स्पस्ट व्यहोरा यहि हो। धन्यवाद

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal