सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका श्रमिक समेट्न चुनौति

सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका श्रमिक समेट्न चुनौति

काठमाडौं : सरकारले तामझामकाबिच घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न कुरामा ठुलो चुनौति रहेको बताएका छन् ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको केन्द्रीय समितिको बैठक दाङको लमहिमा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले निर्माण क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा दिलाउन अझै लड्नु पर्ने बताए । उनले संगठनलाई सशक्त बनाउदै ठोस नियमावली लगायतको विषयलाई प्रभावकारी बनाएर सरकारलार्य दबाबमुलक कार्यक्रम गर्नु पर्ने बताए । उपमहासचिव राजेस पालिखेले निर्माण श्रमिकहरुलाई श्रम कानुनले अझै पनि नसमेटेको उल्लेख गर्दै श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग राखे ।


बैठक स्थानीय तह सम्म समिती गठन गर्ने, असार मसान्तसम्म सदस्यता अद्दवधिक गर्ने निर्णय गर्नुकासाथै विभिन्न दश वटा विभागीय संयोजकहरु समेत तोकेका छन् । जसमा संगठन दुर्गा भन्डारि, सहकारी तथा सिप विकास खम्म शाह, आर्थिक गजेन्द्र पुडासैनी, वैदेशिक ध्रुव राय, श्रम सम्बन्ध कृष्ण श्रेष्ठ , राजनीतिक अयुब हुसेन, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा संग्रामजित लामा, योजना तथा अनुसन्धान लक्ष्मी लामिछाने र प्रचार प्रसार विभागमा हरिशरण धिताललाई जिम्मेवारी दिएका छन् ।


बैठक नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष जेबि गुरुङको अध्यक्षयतामा सम्पन्न भएको प्रचार प्रसार विभागका हरिशरण धितालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal