धुलिखेलमा चंगा चेट प्रतियोगिता, उपाधी श्रीकृष्णलाई

धुलिखेलमा चंगा चेट प्रतियोगिता, उपाधी श्रीकृष्णलाई

काभ्रे । विजया दशमी २०७८ को अवसरमा आयोजना भएको अंकल श्याम्स प्रिजेन्ट टुवोर्ग चंगा चेटको उपाधि श्रीकृष्णले जितेका छन् ।

धुलिखेल युवा विकास क्लब र अंकल श्याम्सको आयोजनामा भएको चंगा चेटको उपाधी श्रीकृष्ण श्रेष्ठले जितेका हुन् । उनले नगर १० हजार रुपैया पुरस्कार पाए ।

त्यस्तै दोश्रो हिमालयन्स एयरलाइन्सका मेम्बर एलबिस गुरुङ भए भने तेश्रो निश्चल तिवारी भए । दाश्रो र तेश्रोले टुवोर्गको तर्फवाट पुरस्कृत भएका थिए । प्रतियोगितामा १६ जना प्रतियोगिले सहभागिता जनाएका थिए ।

विजेताहरुलाई धुलिखेल वडा नं ९ का वडा अध्यक्ष बसन्त रानाभाटले नगद र खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा धुलिखेल वडा नं ९ का वडा अध्यक्ष बसन्त रानाभाट र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष कपिल कोईराला, काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चका अध्यक्ष सचित खड्का, काभ्रे हेल्थ केयरका अध्यक्ष जीवित थापा, माउण्टेन टेलिभिजनका जिल्ला व्युरो प्रमुख राजाराम गौतम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम धुलिखेल युवा विकास क्लबका अध्यक्ष सुमन रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal