“कर्म अनुरुपको फल स्वतः प्राप्त हुन्छ” – निशा श्रेष्ठ (मोडल)

“कर्म अनुरुपको फल स्वतः प्राप्त हुन्छ” – निशा श्रेष्ठ (मोडल)

० आजकल के मा व्यस्त हुनुहुन्छ ?
– आजकल म मोडलिङ सँगसँगै आफ्नै व्यवसायमा व्यस्त छु ।

निशा श्रेष्ठ (मोडल)

० मोड्लिङ क्षेत्रमा बाहेक अरु के मा व्यस्त हुनुहुन्छ?
– मोडलिङ क्षेत्र बाहेक म अहिले ललितपुर जिल्लाको एकान्तकुनामा आफ्नै पेटसप चलाईरहेकि छु ।

विवाह भनेको दुई शरीर बिचको जिवनभरको अटुट सम्बन्ध हो । त्यस्तै, सेक्स एउटा शारीरिक प्रक्रिया जस्ले दुई आत्माबिच घनिष्ठताको आभास दिलाउँछ । विवाहपूर्वको शारीरिक सम्बन्ध मलाई सामान्य नै लाग्छ ।

० साथीको परिभाषा दिनुपर्दा ? कस्ता साथीहरु मनपर्छ ? तपाइका मिल्ने ३ साथी सम्झिनुपर्दा?
– साथी भनेको त्यस्तो व्यक्ति हो जस्ले मलाई सुख होस् वा दुःख, दुवै अवस्थामा अविरल रुपमा मेरा हरेक पलहरुमा निःस्वार्थ भावले साथ दिने काम गर्दछ । सम्राट, प्रजिता र अनिता मेरा मिल्ने साथीमा पर्दछन् ।

० कस्ता गीत संगीत मनपर्छन् ? मनपर्ने गायक को हुनहुन्छ ? उहाँको कुन गीतले मन छोएको छ र किन ?
– पप, रक, सोल र आर एण्ड बी किसिमका गीतहरु मनपर्छ । मेरो मनपर्ने गायक हेमन्त शर्मा हो । उहाँको “माया साह्रै महंगो…” भन्ने गीतले मन छोएको छ किनभने त्यो गीतले मायालाई पैसासँग दाँजेर सत्यतथ्य कुरालाई संगीतद्वारा व्यक्त गरेका छन् ।

० मनपर्ने ड्रेस अप कस्तो हो ? कस्ता पहिरनमा आफूलाई सहज महशुस गर्नुहुन्छ ? घरमा सबैभन्दा बढी कस्ता पहिरन छन् ?
– मलाई क्याजुअल ड्रेसअप मनपर्छ । तरपनि मलाई फर्मल ड्रेसअपमा भने सहज महसुस हुन्छ । घरमा सबैभन्दा बढि क्याजुअल र फर्मल दुवै किसिमका पहिरनहरु छन् ।

० घुम्न जानु पर्दा कस्ता ठाउँ मन पर्छन् । तपाईको नजिकैका मनपर्ने गन्तव्य कुन हुन र अलि टाढा जानु पर्दा कहाँ जान मन छ ?
– प्राकृतिक परिदृश्यले भरिपूर्ण एकान्तमय ठाउँहरु, जहाँ बस्दा मनलाई शान्त र प्रफुल्ल बनाउँछ; त्यस्ता ठाउँहरु मलाई मनपर्छ । मलाई नजिकैको रमणीय गन्तव्यमा कुलेखानी र टाढाको गन्तव्यमा जोमसोम मनपर्छ ।

निशा श्रेष्ठ (मोडल)

० मन पर्ने खाना के हो ? मन पर्ने पेय पदार्थ के हो ? आफै पनि पकाउनु हुन्छ ? के मिठो पकाउनु हुन्छ ?
– मलाई पिज्जा, बर्गर, मःम जस्ता फास्टफुडहरु मनपर्छ । पेयपदार्थमा मलाई स्मुठी मनपर्छ । म आफै पनि खाना पकाउने गर्छु । मैले सबैभन्दा मिठो पकाउने आलुको परिकारहरु हो ।

स्वस्तिमा खड्कालाई देखेर डाहा लाग्छ । किनभने उहाँको एक्टिङ्ग स्किलदेखि लिएर स्वभाव सबै मनपर्छ ।

० कस्ता पुस्तकले मन छुन्छन् ? कस्का पुस्तक दोहोराएर पढनु भएको छ ? नाम सुनेको तर पढ्न नपाएको पुस्तक छन कुनै ?
– मलाई रोम्यान्स नोवेल, मोटिवेस्नल र फिक्सनल पुस्तकहरु मनपर्छ । म पुस्तक भन्दा पनि चलचित्र बढी हेर्न मन पराउँछु, जसकारण म पुस्तक कमै पढ्छु र दोहो¥याएर कुनै पुस्तक पढेको छैन । नाम सुनेको तर पढ्न नपाएको पुस्तक छैन नै भन्नुपर्ला ।

० विवाह र सेक्स प्रतिको धारणा के हो ? विवाह गर्ने व्यक्ति कस्तो होस भन्ने चाहना छ ? विवाहपूर्वको सम्वन्धबारे तपाईको धारणा के हो ?
– विवाह भनेको दुई शरीर बिचको जिवनभरको अटुट सम्बन्ध हो । त्यस्तै, सेक्स एउटा शारीरिक प्रक्रिया जस्ले दुई आत्माबिच घनिष्ठताको आभास दिलाउँछ । मेरो लाइफ पार्ट्नर लोयल, केयेरिङ, कम्प्रोमाइजिङ, अन्डर्स्टान्डिङ, सर्पाेटिभ र लभिङ्ग जस्ता गुडनेचर भएको होस् भन्ने चाहन्छु । विवाहपूर्वको शारीरिक सम्बन्ध मलाई सामान्य नै लाग्छ ।

० यदि केटा भएर जन्मिनु भएको भए ?
– सर्वप्रथम, म केटि भएर जन्मेकोमा मलाई केहि गुनासो छैन । तर यदि म केटा भएर जन्मेको भए कतै एक्लै जाँदा असुरक्षित महसुस गर्नुपर्दैन थियो जस्तो लाग्छ ।

निशा श्रेष्ठ (मोडल)

० कुन सेलिब्रेटी देख्दा डाहा लाग्छ, किन?
– स्वस्तिमा खड्कालाई देखेर डाहा लाग्छ । किनभने उहाँको एक्टिङ्ग स्किलदेखि लिएर स्वभाव सबै मनपर्छ ।

मान्छे सफल हुन कर्म गर्नुपर्छ । राम्रो कर्म गरेपछी त्यही अनुरुपको फल स्वतः प्राप्त हुन्छ ।

० यदि तपाईले आफ्नो रुप फेर्ने वरदान पाउनु भयो भनि कस्को रुपधारण गर्न चाहनुहुन्छ ?
– यदि मैले रुप फेर्ने वरदान पाए भने त्यो वरदान खेर जान्छ किनभने मलाई म जस्तो छु त्यस्तै ठिक छु जस्तो लाग्छ । सबैजना आफू आफैमा राम्रा हुन्छन् ।

० घरमा झुट बोलेर कहिले कतै जानु भएको?
– घरमा झुट बोलेर साथीहरुसँग एकदुई पटक घुम्न गएकी छु ।

० भविष्यको लक्ष्य के हो ?
– भविष्यमा मलाई मेरो दिदि जस्तै एक सफल एअरहोस्टेस बन्न मन छ ।

० मन लागेको तर गर्न नपाएको कुनै काम छ ? के काम हो ?
– मलाई पेट्स पार्लर खोल्न मन थियो ।

० अन्त्यमा केही ?
– मान्छे सफल हुन कर्म गर्नुपर्छ । राम्रो कर्म गरेपछी त्यही अनुरुपको फल स्वतः प्राप्त हुन्छ । यहि भनाई राख्दै फोकस फेसन हाउस र लुक्सनेपाल डटकम परिवारलाई मेरा केही शब्दहरु राख्न पाएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।

प्रस्तोताः सोनी श्रेष्ठ /लुक्सनेपाल डटकम

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal