कांग्रेस केन्द्रिय सदस्यमा गणेश लामा बिजयी, चौधरी र नेता बांनियांको संयुक्त बधाई

कांग्रेस केन्द्रिय सदस्यमा गणेश लामा बिजयी, चौधरी र नेता बांनियांको संयुक्त बधाई

काभ्रेपलान्चोक / नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनाबाट ३५ जना चयन गर्नका लागि भएको खुल्ला सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए जस मध्य १७८२ मत प्राप्त गरी ३०औं स्थानमा गणेश लामा बिजयी भएका हुन्।

मत परिणाम लगतै लामा समर्थक कार्यकर्ता सहितको टोली कांग्रेस केन्द्रिय कार्यालय सानेपाबाट सादा-माला सहित नाराबाजी गर्दै निस्कियको थियो। उता लामालाई बधाईको सुरूवातमै बाग्मती प्रदेश सभापती इन्द्र बानियां र नेपालको चर्चित ब्यापारी बिनोद चौधरीको निमन्त्रणामा होटेल भिभान्ता कार्यकर्ता सहित पुगेको थियो। उद्योगी चौधरी र सभापती बानियांले लामालाई सफलताको कामना सहित बधाई दिंदै हामी तपाईॅंसगैं छौं भन्दै सबै उपस्थित युवाहरूलाई धन्यवाद समेत ब्यक्त गरेका छन्।

देउवा प्यानलबाट उम्मेदवारी दिएका लामा काभ्रेबाट महाधिवेशन प्रतिनिधी,माहासमिती सदस्य हुंदै महाधिवेशनमा केन्द्रिय आएका थिय।काभ्रेमा वडा देखी जिल्ला सम्म पेचिलो अधिवेशन सहदै र समालिदै आएका उनी केन्द्र सम्म आईपुग्दा एउटा शक्तीको रूपमा उदाएका छन्। आफु पक्ष युवा तथा कार्यकर्ताहरूलाई पदिय ब्यवस्थापन गर्दै अर्को पक्ष कार्यकर्ताहरूलाई समेत असर नपारी समर्थन जुटाउन माहिर नेता काभ्रेबाट पहिलो निर्बाचित केन्द्रिय सदस्य बनेका छन्।

गणेश लामा आफैंमा युवा तथा ब्यवसयीक अभियान्ताहरूमा प्रिय, देश-बिदेशमा समेत साथी-संजाल भएका र जनजातीको प्रतिनिधी संख्या उच्च भएका कारण पनि पहिलो प्रयासमा निर्बाचित हुन सफल भएको देखिन्छ भने पार्टी सभापती शेरबहादुर देउवाको बलियो प्यानलले विश्वास र माया गरेको पनि स्पष्ट देखिन्छ ।

“देशभरबाट आउने महाधिवेशन प्रतिनिधीहरूको संख्यामा युवाहरूको उच्च प्रतिशत रहेको कारण पनि लामाको मत उच्च रहेको कार्यकर्ता बताउॅंछन् । ” नेता लामाले आफुलाई मत, समर्थन, सहयोग, बधाई तथा शुभकामना दिनुहुने सम्पुर्ण महानुभावहरूलाई एकमुष्ट धन्यवाद भनी हात जोड्दै छिट्टै औपचारीक कार्यक्रममा भेट्ने संकेत गरी म तमाम मेरा समर्थकहरूको माया भुल्ने छैन समेत भन्नु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal