जिल्ला बचत तथा ऋण सहकारीमा गठबन्धनका तर्फबाट नकर्मीकाे प्यानल घाेषणा

जिल्ला बचत तथा ऋण सहकारीमा गठबन्धनका तर्फबाट नकर्मीकाे प्यानल घाेषणा

काभ्रे / काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४ औं साधारण सभामा सरकारमा रहेको गठबन्धनलको तर्फबाट जितेन्द्र नकर्मी अध्यक्ष पदको उम्मेदवारका रुपमा अगाडि सारेका छन्।

आसन्न साधारण सभामा उम्मेदवारका रुपमा प्रस्तुत भएका नकर्मी २४ वर्ष लामो सहकारी क्षेत्रमा अनुभवि व्यक्तित्व हुन।

नकर्मिले २०६२-२०६५ साल सम्म लेखा समिती सदस्यको रुपमा, २०६५-२०६८ साल सम्म लेखा संयोजकका रुपमा काम गरिसकेका छन् भने २०६८ देखि हाल सम्म कोषाध्यक्ष रुपमा कार्यरत छन्।

लामो समयको सहकारी क्षेत्रको अनुभवलाई आधर मानी काभ्रेका सरकारमा रहेका गठबन्धनका कांग्रेसका नेता कञ्चन चन्द्र वादे, ने क पा एसका नेता टाेक बहादुर वाइवा र माओवादिका नेता रुकु चौलागाईं लगायतका नेताहरुले नकर्मीलाइ समर्थन गरेका छन्।

गठबन्धन का उम्मेदवार अध्यक्षमा जितेन्द्र नकर्मी, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ, सहसचिव विकास वादे रहेका छन् । त्यस्तै गगरी संचालक समिती सदस्यहरु : रुशन श्रेष्ठ, बाल कृष्ण दाहाल, गणेश कुमार तामाड़, दिल बहादुर भुजेल, ज्ञानेन्द्र कुमार तामाङ, महिला सन्चालक समिती सदस्य : ज्ञानु दाहाल, लेखा समिति सदस्य : कुमार प्रसाद मैनाली रहेका छन् ।

यसै गरि अर्काे टिमबाट उदयराम कायस्थकाे अध्यक्षमा उम्मेदवारी रहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal