काँग्रेस कसरि निर्माण गर्ने बनेपाका चार युवालाई सोध्नुहोस्

काँग्रेस कसरि निर्माण गर्ने बनेपाका चार युवालाई सोध्नुहोस्

काभ्रे / बनेपा नगरपालिकाका विभिन्न वडाको चार युवाहरू नेपाली काँग्रेस को वडा अधिवेशन प्रारम्भ हुनु पुर्व एक पसलमा चिया खाँदै आसन्न चौधौ अधिवेशनमा आफ्नो भुमिका र नेपाली काँग्रेस को बिषयमा चिन्तन गरिरहेका थिय। छलफलको क्रममा आफ्नो भुमिकालाई कृयाशिलमा मात्र सिमित राखेर भयपनि आदर्श, निष्ठा ,त्याग र बलिदानीको राजनिती स्थापित गर्ने संकल्पका साथ अगाडि बढ्ने प्रण गरे। नजिकै रहेको माँ चण्डेश्वरि संग पुकार गरे र भने माँ काँग्रेस भित्रको निष्ठा बचाउ ब्यक्ति हैन।

चारै जना युवाहरू आ-आफ्नो वडामा शसक्त संग गतिशील र निष्ठावान काँग्रेस निर्माणमा लागे सफल भए, नगरमा एक ढिक्का भई लागे आफुले समर्थन गरेको उम्मेदवार १ मतले पराजित भय, लोकतन्त्रिक विधि र पद्धतिलाई आत्मसाथ गरे नेपाली काँग्रेस भित्रको आन्तरिक प्रतिस्पर्धा हो भन्दै उदार र खुल्ला हृदयका साथ अत्यन्त उत्साहित हुदै विजयि नगर सभापति ज्यु लाई निष्ठाको प्रतिक को रूपमा बधाई तथा शुभकामना प्रदान गरे। सायदै यसरि फराकिलो चौडा छाति भयको मानिस कमै पाईन्छ।

प्रदेश क्षेत्र को अधिवेशनमा आफ्नो नगरको नेतृत्वमा रहेको उमेदवारहरूको विजयको लागि कयौं रात सुतेनन् यि युवाहरू, कयौं छाक भोक्कै रहे। प्रदेश क्षेत्र २-ख मा पनि उहाँहरूले परिकल्पना गर्नु भयको उम्मेदवारहरू लाई क्षेत्रीय प्रतिनिधिहरूले अनुमोदन गर्नु भयो। आफुले रोजेको उम्मेदवारहरू विजयि हुँदा पनि यि चारै जनाको ब्यबहार पुर्ववत जस्तै रह्यो। हार्दा निरास र जित्दा उत्सृङ्खल हुने खालको स्वभाव देखिएन, यो असलि काँग्रेस चरित्र हो भनेर टिप्पणि गर्दा तत् पात्रहरूलाई न्याय हुनेछ।

प्रतिनिधि सभा क्षेत्र नं २ मा पनि आफ्नो समुहले सभापतिको रूपमा प्रस्तुत गरेका पात्र नेपाली काँग्रेसका युवा नेता, वाग्मती प्रदेश बाट उत्कृष्ट मेयरबाट सम्मानित ब्यक्तित्व महेश खरेको पक्षमा पनि त्यतिकै योगदान प्रदान गरे। उमेदवार र उहाँहरूको बिचमा काका,मामा,दाई भाइ,ज्वाँई जेठान कुनै सम्बन्ध थियन थियो त केवल निष्ठावान काँग्रेस निर्माणको अभियानमा विचारको एकता। अन्तत काभ्रे क्षेत्र नं २ मा पनि स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यास बाट महेश खरेल छानीनु भयो।

काभ्रे जिल्ला अधिवेशनमा आफ्नो समुहबाट अच्युत पौड्याल दाइको पक्षमा चुनाव प्रचार प्रसार, मत माग्ने अभियानमा अहोरात्र खटेका यि युवाहरूको त्यो जुझारू पनलाई जति प्रशंसा गरे पुर्ण हुँदैन। जिल्लामा अत्याधिक बहुमतले युवा नेता तिर्थ लामाले विजय प्राप्त गर्नु भयो। हातमा खादा लियर यि चार युवाले भिडलाई छिचोल्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिदै संस्कारयुक्त कर्म गरे जुन जो कोहिले गर्दैनन्। वाग्मति प्रदेशको अधिवेशनमा बनेरपा नगरका पुर्व मन्त्री कन्चन चन्द्र वादे महामन्त्रिको उमेदवार बन्ने अठोटका साथ प्रस्तुत भैरहँदा थुप्रै उर्जा दिने कार्यकर्ताहरू हुनुन्थ्यो तथापि काभ्रे काँग्रेसको नजर यि चार युवातर्फ तेर्सिएको थियो। प्रदेश अधिवेशन हेटौडामा हुदै थियो। प्रचारप्रसार, बसोवास, खानपान, छपाई लगाएतका सम्पुर्ण कार्य गर्न गृह जिल्लाको जस्तो सहज थियन तथापि थुप्रै कठिनाइ संग पौठेजोरि खेल्दै अगाडि बढ्नुभयो तर हार मान्नु भयन र अविरल बग्दछ इन्द्रावति भनेझैं निरन्तर आफ्नो कर्ममा लाग्नु भयो बनेपाली चार युवा। जंगल बिचको झाडिहरू पन्छाउदै प्रचारप्रसारका सामाग्रि मतदान स्थलसम्म पुराए जुझारू लडाकुहरूले किनभने प्रमुख प्रवेश द्वारबाट लान निषेध गरियको थियो। परिणाम प्रदेश सभापतिमा माननीय ईन्द्र बाँनीया र महामन्त्रिमा कन्चन चन्द्र बादे आउन सफल हुनुभयो। करिब १८ देखि २० घण्टासम्म खटेर गरेको कर्मको मिठो प्रतिफल लिई प्रफुल्लित हुदै चार युवा मकवानपुर बाट गृहजिल्ला काभ्रे फर्किए।

यि चार युवाहरूले बिश्राम लिएनन् सद्भाव, शान्ती र समृद्धिको नाराका साथ आयोजना गरियको केन्द्रीय अधिवेशनमा उतिकै ढंगले लागि परे ।नेपाली काँग्रेस काभ्रेका दुई ब्यक्तित्वहरू निवर्तमान सभापति मधु आचार्य र युवा नेता गणेश लामालाई जिताउन प्रचारप्रसारमा जुटे। निर्वाचन सम्पन्न भयो परिणाम आउने क्रम जारि रह्यो। नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्य तर्फ ३० औं नम्बरमा युवा नेता गणेश लामाले १७८२ मत प्राप्त गरि विजय प्राप्त गर्नु भयो। उहाँ नेपाली काँग्रेस काभ्रेको इतिहासमा पहिलो निर्बाचित केन्द्रिय सदस्य हुनुभयो। खस आर्य समूहबाट नेपाली काँग्रेस काभ्रे का निवर्तमान सभापति मधु आचार्य केन्द्रीय सदस्य पदका उम्मेदवार हुनुहुन्थ्यो। यस समुहको मत गणना जारि थियो । पौष ७ गते यि युवाहरू मत गणनाको प्रतिनिधिको रूपमा केन्द्रीय कार्यालय पुगे। ८ गते दिउँसो करिब ५ बजे आफ्नो निवर्तमान जिल्ला सभापतिलाई नेपाली काँग्रेस को केन्द्रीय सदस्यमा विजयी घोषणा भय पश्चात शुभकामनाका सुगन्धित शब्दहरू सहित प्रेमले भरिएको खादा र माला लगाई दिय।

यि चार युवाहरू सांच्चिकै नेपाली काँग्रेसका निधि हुन्।यिनिहरूको मन र हृदय नेपाली काँग्रेस प्रतिको अथाहा माया,ममता र सम्मानले भरियको छ । यि चार युवाहरूलाई सांच्चिकै नेपाली काँग्रेस काभ्रेको चार चम्किलो ताराको उपमा दिदा अन्याय हुने छैन भन्ने मेरो बुझाई छ। गतिशील, निष्ठावान काँग्रेस निर्माणमा यहाँहरूको यो १०० दिनको यात्रा नेपाली काँग्रेस काभ्रेको ईतिहासमा स्वर्णिम अक्षरले लेख्न जरूरी छ। सबै गाउँ र नगरमा चार चार युवाको यसप्रकारको योगदान हुने हो भने हरेक गाउँ बस्तिहरूमा जय नेपालको नाराले गुन्जयमान हुनेछ।

१)गंगा प्रसाद घिमिरे(भान्जा), प्रदेश क्षेत्र उपसभापति २-ख
२) युगेश्वर कायस्थ प्रदेश क्षेत्र सचिव २-ख, काभ्रे
३) उज्वल प्रधान प्रदेश प्रतिनिधि २-ख,काभ्रे
४) प्रकाश बजगाई बनेपा नगर सदस्य

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal